१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिमी वायुले वर्षा

काठमाडौं- पश्चिमी वायु प्रभावले उपत्यका लगायत मध्य र पूर्वी नेपालमा शुक्रबार बदली भई वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसम बदली भई छिटफुट वर्षा भएको हो। मौसमविद् सुवास रिजालले शनिबार पनि मौसममा बदली हुने बताए।

'शनिबार पनि मौसम बदली भइरहनेछ,' उनले भने, 'आइतबारदेखि भने मौसममा सुधार आउने सम्भावना देखिन्छ।' पश्चिमी वायुको प्रभाव विशेषगरी जाडो समयमा रहन्छ। मौसममा भएको यो बदली जाडो जाने अन्तिम समयको पश्चिमी वायु प्रभाव भएको महाशाखाको अनुमान छ।

प्रकाशित: २८ फाल्गुन २०७३ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App