८ वैशाख २०८१ शनिबार
समाज

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा शुक्रबार छैटौं पटक हिउँ परेको दृश्यः डिबी बुढा

जुम्ला– जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। दुई दिनसम्म लगातार वर्षा भएपछि शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको हो। यसअघि पुस महिनामा सामान्य रुपमा दुई पटक हिउँ परेको थियो। 

हिमपातका कारण यहाँको जनजीवन कष्टकर वनेको छ। तीन दिनदेखि बादल लागेका कारण सञ्चारमाध्यमहरु बन्द छन्। दुई दिनको वर्षा र बिहानैदेखिको हिमपातले सरकारी तथा गैरसरकारी कार्यालयको कामकाकज ठप्प भएको छ। सेवाग्राही आउन सकेका छैनन् भने कार्यालयका कर्मचारीहरु आगो बालेर ड्युटी पूरा गर्ने पक्षमा छन्। 

चौधविस क्षेत्रको पातारासी, छुमचौर,गोठिचौर, डिल्लीचौर, पट्मारा,पानसय क्षेत्रको ताम्ती,मालिकाठाटाँ, रारालिही,घोडेमहादेव, र सिजा क्षेत्रका ११ वटै गाविसमा दुई दिन देखि हिमपात भईरहेको थियो । जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, हाकु, गज्र्यांकोट लगायतका क्षेत्रमा विहान देखि मात्रै हिमपात भएको हो ।  

हिमपातका कारण सदरमुकाम र स्थानिय वजारहरुमा दोकान तथा पसलहरु बन्द छन्। हिमपातका विद्यालय पूर्ण रुपमा बन्द भएका छन्। कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दूरीका यातायात सेवा सञ्चालनमा आउन सकेको छैन। जसका कारण यात्रु बसपार्कमा अलपत्र परेको यातायात व्यवसायीहरु बताउँछन्। हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन झन् कष्टकर बनेको हो। पशुचौपायालाई दाना गाठमै दिने गरिएको र पानी पिउनको लागि बाहिर लिन नसकिएको स्थानीय बताउँछन्। 

मालिकाठाटाँ गाविसका स्थानीय मोतिराम वुढाले हिमपातले जनजीवन निकै कष्टकर बनिरहेको बताए। ‘हिमपातका कारण घरबाहिर निस्कन सकिएको छैन। गाउँघर तिर घरघरमा गेडागेडी पकाएर कथा खेल्ने गरिरहेको उनले वताए । उनका अनुसार लामो समयको खडेरीले सुक्न थालेको हिउदेवाली सप्रने आशा चाही पलाएको छ । हिउँ परेपछि तातो वढ्ने अपेक्षा स्थानियको छ ।   
 
अघिल्ला वर्षहरुमा मंसिर देखि नै प्रत्येक महिनामा हिउ पर्दै आएकोमा यो वर्ष फागुन महिनामा मात्रै हिउ परेको हो ।  अविरल वर्षा संगैको हिमपातका कारण वुधवार देखि हवाई सेवा सञ्चालन भएको छैन ।  बादल लागेकोले चिसो अत्याधिक वढेको छ ।  

कर्णाली राजमार्गको जुम्ला खण्ड हिमपातले सेताम्य भएको छ ।   भर्खरै स्याउ वगैचा व्यवस्थापन गरेका किसानलाई निकै खुसी ल्याएको छ। हिउँ परेपछि लामो समय सम्म रहि रहने र जमिन चिस्यान भइरहने  भएपछि किसान खुसी छन् ।  
 

प्रकाशित: २७ फाल्गुन २०७३ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App