६ वैशाख २०८१ बिहीबार
समाज

कञ्चनपुर घटनाको नागरिक समाजद्वारा भर्त्सना

इटहरी- भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर सुदूरपश्चिमको कञ्चनपुरमा गोविन्द गौतमको मृत्यु भएपछि नागरिक समाज इटहरीले भत्र्सना गरेको  छ।

 गौतमको हत्या भएको बिरोधमा नागरिक समाजले इटहरीमा शुक्रबार अपरान्ह केही बेर धर्ना समेत बस्यो। नागरिक समाजले गौतमको हत्या भएको घटनाको दुवै देशका प्रतिनिधी सम्मिलित छानबीन समिति बनाएर अनुसन्धान गर्न माग गरेको छ। भारतीय सुरक्षाकर्मी एसएसबीका जवानले बिहीबार नेपाली भूमि प्रवेश गरि गोली चलाउँदा कञ्चनपुर आनन्द बजार नाकामा गौतमको मृत्यु भएको थियो।

 यसैबीच, नागरिक समाजले चार दिनअघि सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गदैं राजनीतिक दलहरुलाई निषेधको राजनीति नगर्न र नागरिकको शान्ति सुरक्षा गर्न सरकारसमक्ष माग गरेको छ।

 

 

प्रकाशित: २७ फाल्गुन २०७३ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App