८ वैशाख २०८१ शनिबार
राजनीति

सीमामा तनाब नबढाउन प्रधानमन्त्रीको आग्रह (भिडियो)

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय सीमामा तनाब नबढाउन आग्रह गरेका छन्। सरकार देशभक्तिपूर्ण भावनाको उच्च कदर गर्ने भन्दै उनले भारतसँगको सीमाभन्दा अन्यत्रै विरोध जनाउन आग्रह गरेका हुन्।  

'अनावश्यक उत्तेजना फैलाएर बोर्डमै गएर तनाब गर्नुभन्दा जो विरोध छ जनताको भावनालाई सरकार सम्मान गर्छ। देशभक्तिपूर्ण राष्ट्रिय भावनाको सरकार उच्च कदर गर्छ तर तनाब बडाउने कुरा बोर्डरभन्दा अन्यत्र नै राख्नु ठिक हुन्छ।'

'अनावश्यक उत्तेजना फैलाएर बोर्डरमै गएर तनाब गर्नुभन्दा जो विरोध छ जनताको भावनालाई सरकार सम्मान गर्छ। देशभक्तिपूर्ण राष्ट्रिय भावनाको सरकार उच्च कदर गर्छ तर तनाब बडाउने कुरा बोर्डरभन्दा अन्यत्र नै राख्नु ठिक हुन्छ', उनले भनेका छन्। अावेगले समाधान नहुने भन्दै उनले तनाब बढाउने कुरा बोर्डरभन्दा अन्यत्र गर्न तथा अरु उपायबाट विरोध प्रदर्शन गर्न सुझाव दिएका छन्।

सर्वाभैमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हुनुको नाताले हामीमाथि हुने कुनै हस्तक्षेप हामीलाई सैह्य छैन। यो कुरा प्रस्टसँग भारतलाई भनिएको छ', सुदूरपश्चिमबाट अाएको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने।

भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्द गौतमलाई शहीद घोषणा गर्ने निधो गरिसकेको जानकारी उनले दिएका छन्। परिवारलाई तत्काल १० लाख रुपैयाँ  प्रदान गर्न तथा उनको सम्मानजक अन्त्येष्टिका लागि तयारी भइरहेको  बताए।

'गौतमका दुई बच्चाको पठनपाठनको व्यवस्था राज्यले गर्ने निर्णय गरेको छ। पोष्टमार्टम गरेर सम्मानपूर्वक अन्त्येष्टि गर्ने भन्ने निर्णय भइसकेको छ', दाहालले भने।

कञ्चनपुरको पुनर्वासमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट बिहीबार गोविन्द गौतमको मृत्यु भएको थियो। नेपाली भूमि प्रवेश गरी नेपालीमाथि गोली चलाउँदा उक्त घटना भएको थियो। घटनाको विरोधमा कैलाली र कञ्चनपुरका स्थानीयले नेपाल-भारत सीमा नाकामा प्रदर्शन तीब्र पारेको अवस्थामा प्रधानमन्त्री दाहालले संयम अपनाउन अाग्रह गरेका हुन्।

प्रकाशित: २७ फाल्गुन २०७३ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App