भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा सयौं युवा गौरीफन्टा नाकामा [फोटो फिचर]

शुक्रबार, २७ फागुन २०७३, १० : ४५ दिलबहादुर छत्याल

धनगढी- भारतीय सीमा  सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्।

अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्।

अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। सम्भावित घटनाको मध्यनजर गर्दै भारतीय प्रहरीहरु गौरीफन्टा नाकासहितका सीमा क्षेत्रका अलर्ट अवस्थामा रहेको बताइएको छ।

प्रहरीको बाटो छलेर मौना नदी नजिक पुगेका सयौं युवाहरुले भारतविरोधी नारा लगाइरहेका छन्। नदी पारिपट्टि भारतीय सुरक्षाकर्मी अलर्ट अवस्थामा छन्। भारतीय सुरक्षाकर्मीले सुन्नेगरी नेपाली युवाले वारिबाट भारतविरोधी नारा लगाइरहेका छन्।

बिहीबार पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय प्रहरीको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाएका थिए।

भारतीय सुरक्षाकर्मीको गोलीबाट ६ जना घाइते छन्। बुधबार राित एसएसबीका जवान सीमावरि अाएर नेपालीलाई कुटपिट गरेका थिए। नेपालीको विरोधको दमनमा उत्रिएका स्थानीयलाई भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै अाएर गोली चलाएका थिए। भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गाैतमकाे मृत्यु भएको थियो।

भारतीय सुरक्षाकर्मीको गोली लागेका सुरेश थापा गम्भीर घाइते छन्। गम्भीर घाइते उनको सेती अस्पतालमा उपचार भइरहेकाे छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad