coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको ३ स्थान सुधार

पेरिस- नेपालले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयताक्रममा तीन स्थान सुधार गरेको छ। अघिल्लो महिना तीन स्थान सुधार गर्दै १ सय ७३औं स्थानमा रहेको नेपाल फिफाद्वारा बिहीबार जारी नयाँ वरीयताक्रमको १ सय ७०औं स्थानमा उक्लिएको छ।

पछिल्लो समय कुनै अन्तर्राष्ट्रिय खेल नखेले पनि नेपालले वरीयतामा सुधार गरेको हो। दक्षिण एसियाली देशबीच नेपाल चौथो स्थानमा छ। दक्षिण एसियाका आठमध्ये भारत सबभन्दा माथि १ सय ३२औं स्थानमा छ भने दोस्रो स्थानको माल्दिभ्स १ सय ४०औं स्थानमा छ। यसै गरी १ सय ५६औं स्थानमा रहेको अफगानिस्तान पनि नेपालभन्दा माथि छ। नेपालभन्दा तल भुटान १ सय ७७औं स्थानमा छ भने बंगलादेश १ सय ९३, श्रीलंका १ सय ९७ तथा पाकिस्तान १ सय ९८औं स्थानमा छन्।

अर्जेन्टिना शीर्ष स्थानमा कायम रहेको वरीयताक्रममा नेपाल एसियाली देशबीच ३४औं स्थानमा छ। एसियाको शीर्ष स्थानमा इरान (विश्व वरीयताको ३३औं स्थान) छ भने दोस्रो स्थानमा दक्षिण कोरिया (४०) तथा तेस्रो स्थानमा जापान (५१) छ।

विश्व वरीयताको शीर्ष १० मा कुनै परिवर्तन नहुँदा ब्राजिल दोस्रो स्थानमा छ भने जर्मनी तेस्रो, चिली चौथो, बेल्जियम पाँचौं तथा फ्रान्स छैटौं स्थानमा छन्। यसै गरी कोलम्बिया सातौं स्थानमा रहँदा पोर्चुगल आठौं, उरुग्वे नवौं तथा स्पेन १०औं स्थानमा छन्।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App