coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलमा श्रीलंकाको पकड

गाले- स्पिनरद्वय रंगनाथ हेराथ र दिलरुवान परेराले एकआपसमा ६ विकेट बाँडेपछि वर्षाले प्रभावित बंगलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन बिहीबार श्रीलंकाले खेल पकडमा राखेको छ। श्रीलंकाले पहिलो इनिङमा बनाएको ४ सय ९४ रनको योगलाई पछ्याइरहेको बंगलादेश तेस्रो दिनमा ३ सय १२ रनमा अल आउट भयो। यससँगै घरेलु टोली १ सय ८२ रनको अग्रता लिन सफल भएको छ।

तेस्रो दिनको अन्तिम सेसन वर्षाले प्रभावित हुनुअघि २ बल बलिङ गरेका हेराथले दोस्रो बलमा विकेट हात पारेका थिए। खेल रोकिनुअघि हेराथले ७२ रन दिएर ३ विकेट लिए भने परेराले ५३ रन दिएर ३ विकेट लिएका थिए। बंगलादेशका कप्तान मुस्पि्ककर रहिमले अर्धशतक पूरा गरे। रहिमले सातौं विकेटका लागि मेहदी हसनसँग १ सय ६ रनको साझेदारी गरेपछि बंगलादेश फलोअनबाट जोगिएको थियो।

८५ रन बनाएका रहिमलाई चियासत्रअघि हेराथले बोल्ड गरेका थिए। रहिम आउट हुँदा बंगलादेशले ३ सयको आँकडा नघाइसकेको थियो। परेराले ४१ रन बनाएका हसनलाई एलबिडब्लु आउट गरे। परेराले लगत्तै तस्किन अहमेदलाई पनि एलबिडब्लुमार्फत पवेलियनको बाटो देखाए।

तीव्र गतिका बलर सुरुङ्गा लकमलले महŒवपूर्ण विकेट लिए। बंगलादेश १३३–२ को स्थितिमा खेलिरहँदा लकमलले ओपनर सौम्य सरकारलाई ७१ रनमा आउट गरे।

तेस्रो दिन बंगलादेशको पहिलो विकेटका रूपमा सरकार पवेलियन फर्किएका थिए। लकमलले सरकारलाई फाइन लेगमा लहिरु कुमाराबाट क्याच गरेका थिए।

बंगलादेशले ३१२–२ को स्थितिमा तेस्रो दिन सुरु गर्दा सरकार ६६ रन बनाएर खेलिरहेका थिए। अघिल्लो दिनको रनमा सरकारले थप ६ रन मात्र जोड्न सके। साकिब अल हसनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। साकिबलाई लक्षण सन्दकनले निरोशन दिकवालाबाट क्याच गरेका थिए। महमुदुल्लाह ८ र विकेटकिपर–ब्याट्सम्यान लिटोन दास ५ रनमा आउट भए।

श्रीलंकाका हेराथ र परेराबाहेक लहिरु, सुरुङ्गा र लकमलको नाममा १/१ विकेट रह्यो।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App