७ वैशाख २०८१ शुक्रबार
खेल

सेमिफाइनल समीकरण पूरा

काठमाडौं- पर्वतको कुस्मामा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘ए’ बाट एपिएफ र नेपाल पुलिस तथा समूह ‘बी’बाट न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लबले सेमिफाइलनमा स्थान बनाएका छन्।

समूह ‘ए’ मा एपिएफ विजेता र पुलिस उपविजेता बन्दा समूह ‘बी’ बाट न्यु डायमन्डले विजेता र आर्मीले उपविजेताको हैसियतसहित अन्तिम ४ मा स्थान बनाएका हुन्। अब फाइनलका लागि एपिएफले आर्मी र न्यु डायमन्डले पुलिसविरुद्ध खेल्नेछन्।

बिहीबार एपिएफले दिदीबहिनीलाई २५–४, २५–६, २५–६ को सोझो सेटमा हरायो। पुलिसले पनि रेडियो दिदीबिहिनीलाई २५–१२, २५–१४, २५–१२ को सेटमा पराजित गर्‍यो। समूह ‘बी’ मा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई  २५–९, २५–१३, २५–८ ले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको न्यु डायमन्डले दोस्रो खेलमा आर्मीमाथि २५–१४, २५–१२, २५–२१ को विजय हासिल गर्‍यो।

समूह ‘बी’ मै आर्मीले पहिलो खेल गुमाए पनि पश्चिमाञ्चलमाथि रोमाञ्चक जित निकालेपछि अन्तिम चारमा स्थान बनाउन सफल भयो। पश्चिमाञ्चलमाथि २४–२६, २५–२०, २५–२२, २३–२५, १५–११ को संघर्षपूर्ण जित निकालेको आर्मी उपविजेता बन्दै एपिएफसँगको भिडन्त पक्का गरेको हो।

सेमिफाइनल र फाइनल खेल शुक्रबार हुनेछन्।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App