मधेस : सीमान्तीकरण कि समावेशी?

शुक्रबार, २७ फागुन २०७३, ०९ : ३२ डा. रमेश ढुंगेल

नेपालमा संघीय प्रयासको समस्याको संवैधानिक गाँठो तराई वा मधेस बनिरहेको कुरा अब कुनै नौलो रहेन। हालै भएका घटनाले यस कुरालाई अझै छर्लङ्ग बनाइदिएको छ। अघि पूर्व–पश्चिम महेन्› राजमार्ग निर्माणका क्रममा नै नेपालमा, खासगरी नेपाल तराईमा अहिले एमाले दलले चलाएको जस्तो एकताको उद्देश्यका एकमात्र नभई अनेकौं पूर्व–पश्चिम यात्राका विशेष अभियान राजाको आह्वानमा नै चलाइनुपर्थ्यो। तर त्यस्तो भएन। राजतन्त्र अन्त्यपछि पनि यस्तो एकताको यात्रा अभियान वास्तवमा नेपाली कांग्रेसको आह्वान र नेतृत्वमा एकमात्र नभई २–४ वटा नै भइसकेको हुनुपर्थ्यो संघीयता, सच्चा प्रजातन्त्र र गणतन्त्रलाई संस्थागत गर्न दलहरु संवेदनशील भएका थिए भने। यस्तो अभियान राष्ट्रपतिमार्फत  चलाई संघीयता र गणतन्त्रको पक्षका तराईका समेत सबै दलको सहभागिता हुनेगरी अगाडि बढाउने बुद्धि र विवेक सबै दलका नेतृत्वमा हुनुपर्थ्यो। नेपाल र नेपालीको हित र यस देशको राजनीतिक परिवर्तनका क्रममा ल्याइएको संघीय गणतान्त्रिक पद्धतिलाई वास्तविकरूपले लागु गर्ने र त्यसलाई संस्थागत स्थायित्वको स्थितिमा पुर्‍याउने कामका निम्ति यस्ता किसिमका अभियान एकताका आवश्यक हुन्थ्यो। यसो गर्दा नेपाली जनतामा संघीयाताले राष्ट्रिय एकताको उज्यालो ल्याउने रहेछ भन्नेतर्फको सकारात्मक सोच पनि ल्याउन मद्दत गर्ने थियो। तर दुर्भाग्यवस यस्तो हुन सकेन।

इतिहासलाई अलिकति पनि दृष्टि नदिई सारा तराईका धर्म, सभ्यता, संस्कृति तथा समाजसहितको संरक्षणकर्ता याचे खसलाई बाहिरिया सम्झने मनोविज्ञानले अहिलेको वर्तमान तराईका कतिपय नेपाली नागरिकलाई कुण्ठित बनाएको छ।

अन्त्यमा एमालेले प्रजातान्त्रिक पद्धति आधिकारिकरूपले उपयोग गर्दै मेची–महाकाली नामको एकताको यात्रा नाम राखेर अभियान सुरु गर्‍यो। यस्तो अभियान चलिसकेपछि जनताको प्रतिनिधित्व गर्ने कुनै पनि संघीय पद्धतिका हिमायती प्रजातान्त्रिक दलले औपचारिकता देखाउनमात्र नभई आफूले नै अपनाउन जोड गरेको पद्धति र नेपालको राष्ट्रिय एकताको सम्मानका निम्ति अगाडि आएर आआफ्ना ठाउँमा प्रतिनिधि उपस्थित नै गराएर स्वागत गर्नुपर्थ्यो। दुःखद्रूपमा भन्नुपर्छ, राष्ट्रिय एकताको उद्देश्य तथा अभियान जो कसैले गरे पनि त्यो संघीय प्रजातान्त्रिक व्यवस्थाको साझा विषय हो भन्ने कुरा प्रजातन्त्र र संघीयताको राजनीति गर्ने दलले बिर्सिए। तराईमा भोलि संघीय पद्धति लागु भएर अगाडि बढ्ने क्रममा नेपाली–नेपालीबीच एकता कायम गर्दै यी दलले देशको स्वाधीनता र नागरिकको स्वाभिमान बचाउनेछन् भन्ने कुरामा विश्वास दिलाउने यो मौका नराम्रोसँग गुमाए। तराईका राजनीतिक दल यसमा अझ चुके। आखिर थप नेपालीको अनाहकमा ज्यान गयो र राजनीतिक अनिश्चितता बढ्यो। चुनावको शान्तिपूर्ण सम्पन्नताको सम्भावनामा अब पूरै प्रश्न चिह्नसमेत खडा भयो। यसले संघीयता र अहिलेको घोषित गणतान्त्रिकतामाथि नै जनताले शंका गर्ने बाटो खोलिदियो।

उता एमाले दलको नेतृत्व वर्गमा आफ्नो धरातलमा भएका अनेक उद्देश्यका गैरसरकारी राष्ट्रिय र अन्तर्रार्िष्ट्रय संस्थाका वाञ्छित/अवाञ्छित, आर्थिक अंकुशमा बांधिएको आफ्नो स्थितिको ख्यालै नगरी आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहपछि आफू र आफ्नो दल नै राष्ट्रिय एकताको जिम्मेवार अभियन्ता भनेर दावा गर्ने र हुङ्कार पिट्ने जस्ता अहंकारका आवाज निस्किए। जुन सर्वथा गलत र भ्रामक थियो र हो। यसले गर्दा अपव्याख्याको विषवीजनबाट जन्मिएका नेपाली समाज विभाजन गरेर आफ्नो दानापानी चलाउन पल्केकालाई युरोपको उग्र साम्राज्यवादको दक्षिण एसियामा सफलतासाथ विरोधको शंखनाद गर्ने क्षेत्रीय नायक जसले स्थानीय परम्परा र संस्कृतिको संरक्षण र संबर्धनका निम्ति जीवन रहुन्जेलसम्म अत्यन्त ठूलो भूमिका निर्वाह गरे, उनलाई नै यस्ता घटनासँग जोडेर नेपालको त्यही नीतिको निरन्तरता भएको भन्नेसम्मको कुव्याख्या फैलाउने मौका पाए। वास्तवमा प्रहरीबाट भएको सुरक्षाबारे अहिलेसम्म कारण र वास्तविकता राम्रोसँग वाहिर आइनसकेको घटनालाई अधार मान्दै उनीहरु यस्तो तुच्छ आरोप लगाउन पुगे। एमालेले चालेको यो मेची–महाकाली अभियान बिलकूल ठीक हुँदाहुँदै पनि यसरी राष्ट्रिय एकताको मसिहा जस्तो रूपमा उक्त दल र त्यसका नेतृत्वले आफूलाई प्रस्तुत गर्दै यतिसम्मको  हुङ्कार गर्ने कुराचाहिँ तराईका नेपालीलाई मात्र नभई सारा नेपालीलाई उसको हैसियत र वास्तविकताभन्दा उल्टो लागेको छ। यसले अभियानको विरोधमा उत्तेजना बढाउनमा अप्रत्यक्ष मद्दत पनि गरेको छ। 

यो देश अवश्य हामी नेपालीका पुर्खाका साना दुःखले अस्तित्वमा आउन सकेको होइन र त्यस्तै तिनका जगैदेखिका कठोर धैर्य र साहसको सफल समन्वयको प्रतिफलका रूपमा मात्र टिकेर रहेको सत्य कुनै इतिहासका कलमले छिपाउन सक्ने कुरा होइन। अठारौँ शताव्दीको त्यो उर्लंदो साम्राज्यवादी विस्तारको भेलमा सूर्यास्त नहुनेसहितका साम्राज्यले सारा दक्षिण एसियालाई लपेटेर छोपिरहेको अवस्थामा कममात्र समथर, धेरै जंगल, पहाड, कन्दरा, हिमालले भरिएको यो भूखण्डका भुरे, टुक्रे शक्तिलाई सम्झौता, विश्वाश, आश्रित नीति र आक्रमणसमेतका माध्यमले एक बनाइ त्यस्ता महाशक्ति बनेका साम्राज्यसँग लड्न र टिक्न सक्ने रूपमा यो देशलाई खडा गरेको अभूतपूर्व इतिहास हामीले अवश्य सम्झनुपर्छ। त्यसो गर्दा हाम्रो तराई कसरी यस देशको अभिन्न अंगका रूपमा देखियो र त्यस क्षेत्रमा मानवीय इतिहास कस्तो थियो भनेर अहिले संयमतासाथ अहिलेको अवस्थामा सम्झनु जरुरी हुन्छ। यस काममा कुनै पनि दल, समूह, समुदाय वा व्यक्तिले समेत कुनै अभियान चाल्छ भने त्यसलाई सराहनीय नै मान्नुपर्छ। यस अर्थमा एमालेको काम सराहनीय छ तर यो संयमतासहित र अहंकाररहित हुनुपर्थ्याे र अझै पनि त्यस्तो संयमता सबैका निम्ति आवश्यक हुन्छ।  

अधिकार, स्थानीयता, संस्कृति, सभ्यता र राजकीय इतिहासमा नेपाल तराईलाई दृष्टि दिँदा अहिले जे/जस्ता कुरा खेतीका रूपमा अगाडि उठिरहेका छन्, ती सबै इतिहाससम्मत अवश्य छैनन्। यस भूमिको इतिहासमा आदि अनादिकालदेखि प्रकृतिक र संस्कृतिक सत्ता र अधिकार कसको हातमा थियो र राजकीय सत्ता कसको हातमा भनेर सच्चा लेखाजोखा गर्ने हो भने अहिले हाम्रा तराई मधेसका मित्रहरुले उठाएका मुद्दालाई फरक दृष्टिले हेर्नुपर्ने हुन्छ। किनकि नेपाल तराईमा अनादीदेखि आदि युग हुँदै अहिलेसम्मको मानवीय इतिहास हिमाल, पहाड र काठमाडौँ उपत्यका वा नेपाल मण्डलको भन्दा धेरै उतारचढावले पूर्ण छ। यतिसम्म कि जुन भूमिमा महान् आत्मा सिद्धार्थ गौतमको जन्म भएको थियो र बौद्ध सभ्यताको प्रारम्भिक आदर्श फैलिएको थियो त्यस ठाउँमा त्यो सभ्यता फैलाउनेको नै सयौं वर्षसम्म नामनामेसीसमेत हराएको स्थिति हो। पछिल्लाकालका आधुनिक राज्यका र अन्तर्राष्ट्रिय गतिविधिका कुरा बिलकुल नयाँ हुन् र त्यस्तोमा स्थानीयताको अधिकार र चिनारीको सन्दर्भमा समेत प्रत्यक्ष/अप्रत्यक्ष भित्री द्वन्द्व कायमै देखिएको छ।

त्यहाँ पुराना मासिने, भाग्ने, नयाँ आउने जस्ता परम्परागत क्रम चलि नै रह्यो र पुरानाका अवशेषसमेत नचिन्ने वा अर्कैरूपमा व्याख्या गर्नेसम्मका परिपाटी चलेको देखिन्छ। बौद्ध र स्थानीयताका संरक्षक मानिएका शक्तिशाली शासकहरूले केही कामसहित त्यस क्षेत्रमाथि दावा बोल्दै रहे। यस परिप्रेक्ष्यमा चाहे हामी मगध सम्राट अशोकको कुरा गरौँ वा खस सम्राट अशोक चल्ल वा रिपु मल्ल, आदित्य वा पृथ्वी मल्लहरूको। शासक फेरिने, जनता फेरिने वा थपिने र मिसिने क्रम चलि नै रह्यो। यस भेगमा युग टार्टा तुर्क तथा तुग्लक, मुगल आदिको पनि आयो र याचे अर्थात् खस सम्राट एक्लैले चारै दिशामा बौद्ध, हिन्दु तथा स्थानीय परम्परागत सभ्यताको संरक्षणका निम्ति अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरे। तिनको कमजोरीको युग आएपछि मुस्लिम शक्तिले सारा दक्षिण एसिया आफ्नो प्रभाव र पन्जामा लिँदा हाम्रो तराईमा त्यसै कसिमको धर्म र समुदायको आक्रामक दवदवा कायम भयो। युरोपीय साम्राज्यवादी शक्तिले मुस्लिम र अरु स्थानीयलाई काबुमा राख्न आइपुगेपछि स्थानीयबाट हिन्दु पुनार्जागरणका केही काम भए। बौद्ध परम्पराले भने फेरि पनि त्यहाँ पुनर्जीवन पाउन सकेन। यस क्रममा तराईमा कर्णाट शासकको नेतृत्वमा तिरहुते (तीरभुक्ति) सभ्यताको एउटा भव्य र बलियो शक्ति सिमरा वनदूर्ग वा सिम्रावन गढ (सिम्रौन्गढÞ) केन्› गरेर खडा भयो। त्यसलाई फेरि ध्वस्त पारेर मुगलअन्तर्गत पारियो।

अंग्रेज नआउन्जेल अवधअन्तर्गत थिचोमिचोमा पर्दा अर्का हिन्दु र स्थानीय धर्मका संरक्षक दावा गर्ने हिन्दुपति सेन देखापरे जसले सारा किरात इलाकासहित नेपालको पूर्वी तराई आफ्नो अधीनस्त गर्‍यो। त्यस शक्तिलाई जितेर अवध, अंग्रेजसमेतलाई ठीक गर्दै अघि खस साम्राज्यले झैं एउटा सिंगो र बलियो नेपाल खडा गर्ने क्रममा सारा तराईसमेत नेपालको सत्तामा साझा र अनेक स्थानीय कुल परम्पराको संरक्षणको माध्यम अपनाउने शाह शासकअन्तर्गत पर्‍यो। तराईको अवादको इतिहास र परम्परामा अघि जस्तै केही समुदाय थपिने र देश गुल्जारको त्यसबखतको लोकप्रिय महाद्विपीय वा क्षेत्रीय अभियानअन्तर्गत देश देशावरबाट  जनता ल्याएर राख्ने काममा निरन्तरता दिइयो। केही माथिबाट झरे, केही सिमानापार वा मुग्लाना वा अंग्रेज वा त्यसबेलाको बोलीमा, फिरंगीका ठाउँबाट ल्याइयो आवश्यक जनशक्ति पूर्तिका निम्ति। अघिदेखिका विभिन्न युगका मूल शासक खलक पछिल्ला आक्रमण हुँदा पलायन हुने र मासिने क्रम त्यहाँ पनि उस्तै किसिमले चल्यो। मुसलमानी आक्रमणपछि तराई मधेसका प्रतिभाशाली र वैभवशाली मूल समुदायले आफ्नो थलो छाडेर काठमाडौं खासगरी उपत्यकामा र केही अन्यत्र पहाडी इलाकातर्फ लाग्नुपरेको इतिहास नेपाल देश निर्माणको इतिहासमा भुल्न सकिँदैन। 

यथार्थमा लामो इतिहास हेर्दा नेपाल तराई पहाडको अतिक्रमणको स्थल भन्दा पनि अप्ठेरो अवस्थामा राजनीतिक सांस्कृतिक तथा स्थानीयताको संरक्षण पहाडबाट प्राप्त गर्ने वा त्यसो गर्न सम्भव नभएका बेला त्यस ठाउँका मानिस र संस्कृति नै पहाड वा उपत्यकातिरै आश्रय दिने स्थलका रूपमा काम गरेको देखिन्छ। यो परम्पराविरुद्धको बुद्धकालीन आक्रमणका बेलादेखि तुग्लक, मुगल र अंग्रेजका आक्रमणका समयसम्म नै कायम देखिन्छ। जंगबहादुरले समेत अंग्रेजलाई झस्काउन ठूलो नेपाली फोर्स तराईमा लगेर राखेको कुरा यहाँ उल्लेखनीय छ। यतिमात्र कहाँ हो र? नेपालले उत्तर भारतको कन्नौजमा हर्षवर्धनको राज्यमा त्यहाँका मन्त्री अरुणाश्वले मनपरी गर्दै राज्य लिन खोज्दा सारा तराई पार गर्दै त्यहाँ पुगेर सहायतासमेत गरेको थियो। बौद्ध र हिन्दु धर्म तथा परम्परामाथि थिचोमिचो भएका बखत नेपाल देशका याचे, खस, सेन, मल्ल, पर्वते, शाह आदि शासकले कुनै कुनैरूपले सहयोग पुर्‍याएको देखिन्छ। याचे खस, नेवार मल्ल, सेन र शाह र नेपालको पहाड, हिमाल, उपत्यका आदि सबै ठाउँका जनताले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लुम्बिनी, कपिलवस्तु, बुटवल, भैरहवा, वोधगया, परासी दाउन्नेकोट आदि र सुदूरपश्चिमतर्फ गढवाल बालेश्वर इलाकासम्म पाइएका अभिलेख र कर्णाली इलाका र तिबबतमा पाइएका स्रोतले यी सबै कुराको पुष्टि गरेको अवस्था हो।

यस्तो इतिहासलाई अलिकति पनि दृष्टि नदिई सारा तराईका धर्म, सभ्यता, संस्कृति तथा समाजसहितको संरक्षणकर्ता याचे खसलाई बाहिरिया सम्झने मनोविज्ञानले अहिलेको वर्तमान तराईका कतिपय नेपाली नागरिकलाई कुण्ठित बनाएको छ जसले संघीयता, प्रजातन्त्र जस्ता सदाशय र सद्भावका आधारमा चल्ने पद्धति अगाडि बढ्नमा अप्ठेरो पार्छ। र, त्यही नै बहिरहेको पनि छ। हाम्रो इतिहासको तथ्यपूर्ण र सिद्धान्तनिष्ठ बुझाइको कमी, अपव्याख्या र कृत्रिमतालाई वास्तविक जस्तो अभिनय गर्ने नौलो भेलले हामीलाई पुरै बढारिदिनसमेत सक्ने भय रहन्छ भन्ने कुरामा संवेदनशील बनौं।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad