८ वैशाख २०८१ शनिबार
समाज

जाजरकाेट बस दुर्घटनामा १३ काे मृत्यु, ४० घाइते (अपडेट)

जाजरकोट– जाजरकोटको सदरमुकाम खलंगाबाट साल्मा गाविसकाे खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बिहीबार बेलुकीतिर भएकाे घटनामा ४० जना घाइते भएका छन्। 

बसमा करिब ६० यात्रु सवार रहेको प्नहरीकाे अनुमान छ। दुर्घटनास्थलमा घाइतेकाे उद्दार तथा मृतककाे शव संकलन भइरहेकाे छ। मृतकहरूकाे सनाखत हुन सकेकाे छैन। 

उक्त बस जाजरकोटको भेरीमालिका नगरपालिका–४ बोहाेरा गाउँ नजिक सडकबाट करिब २ सय मिटर तल खसेको छ।  

दुर्घटनामा १३ जनाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले जानकारी दिए। घटनामा घाइते ४० जनालार्इ जिल्ला अस्पताल जाजरकोटको चौरमा राखेर उपचार गराइरहेको उनले बताए। 

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्। 

प्रकाशित: २६ फाल्गुन २०७३ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App