coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कञ्चनपुरमा गोली नहानेको भारतको भनाई

घटनास्थल जहाँ भारतीय सुरक्षाकर्मीले चलाएको गोलीबाट गोविन्द गाैतमको मृत्यु भएको थियो। तस्विरः दिलबहादुर छत्याल

काठमाडौं— कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो।

प्रदर्शन दमन गर्न भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गौतमको मृत्यु भएको हो। भारतीय दूतावासले सीमा क्षेत्रमा निर्माण कार्य गर्नु पहिला दुवै पक्षका सर्वेयरको छलफल आवश्यक पर्ने भनेको छ।

नेपाली भूभागमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लागेपछि उक्त भूभाग भारतको हो भन्दै एसएसबीले बुधबार नेपालीलाई कुटपिट गरेको थियो। गुगल म्याप देखाएर कल्भर्ट बनाएको क्षेत्र भारतीय रहेको भन्दै एसएसबीले बखेडा झिकेको थियो। त्यसको प्रतिरोधमा बिहीबारदेखि नेपालीले उक्त क्षेत्रमा प्रदर्शन गरेका थिए।

प्रदर्शन दमन गर्न भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गौतमको मृत्यु भएको हो। भारतीय दूतावासले सीमा क्षेत्रमा निर्माण कार्य गर्नु पहिला दुवै पक्षका सर्वेयरको छलफल आवश्यक पर्ने भनेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App