coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पिताको हत्या भएको नामका छोराद्वारा स्वीकार

क्वालालम्पुर– मलेसियामा हत्या भएका भनिएको उत्तर कोरियाली शासक किम जोङका सौतेनी दाई किम जोङ नामको हत्या भएको उनकै छोराले समेत स्वीकार गरेका छन्। 

नामका छोरा किम हान सोलले आफ्ना पिताको हत्या भएको भिडियोमार्फत् स्वीकार गरेका हुन् । नामका छोरा सोलले करिब ४० सेकेण्डको भिडियो रेकर्ड गरेर आफ्ना बाबुको हत्या भएको सार्वजनिक रुपमा स्वीकार गरेका हुन्। उनी परिवारको परिवारको साथमा मकाउमा र बेइजिङममा बस्दै आएका थिए।
भिडियो कहाँ र कहिले खिचाएका हुन् भन्ने बारे केही पत्ता नलागेको भए पनि पिताको मृत्यु भएकाले आफू आमा र दिदिबहिनी सँग बसेको बताएका छन् ।  

जोङको हत्या गत १३ फ्रेबुअरीमा मलेसियाको राजधानी क्वालालम्पुर स्थित विमानस्थलमा मकाउको यात्राको क्रममा विषाक्त पदार्थ भीएफएस नामक रसायनको प्रयोग गरेर उनको हत्या गरिएको थियो ।
मलेसियाबाट मकाउ लागेका नामलाई क्वालाम्पुर विमानस्थलमा विषाक्त पदार्थको प्रयोग गरी हत्या भएको थियो । 

उनको हत्याको अभियोगमा मलेसियाले एक इन्डोनेसियाली र अर्की भियतनामी महिलाविरुद्द मुद्दासमेत दर्ता गरेको छ। 

उतm घटनापछि मलेसिया र उतर कोरियाको कुटनीतिक सम्बन्ध बिग्रिएको छ दुवै देशले एक अर्काेका राजदूतलाई हटाइसकेका छन्। 

प्रकाशित: २६ फाल्गुन २०७३ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App