coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमानस्थलबाट नक्कली पुलिसले फिल्मी शैलीमा अर्बौं लुटे

जोहनेसवर्ग– दक्षिण अफ्रिकाको जोहनेसवर्ग विमानस्थलबाट एक लुटेरा समूहले अर्बौं नगद रकम लुटेका छन्। लुटेराहरुले पुलिसको पोशाकमा विमानस्थलमा पुगेर लुटेका थिए। विमानस्थलको कोही पनि छिर्न नपाउने ठाउँमा उनीहरु विना रोकटोक बसेका थिए। 

लुटेराहरुले विभिन्न देशका मुद्रा, विभिन्न हतियारको प्रयोग गरेर पैसाले भरिएको कन्टेनर लुटेका थिए ।

दक्षिण अफ्रिकी सञ्चार माध्यमहरुका अनुसार सुरक्षाको दृष्टिकोणबाट विमानस्थललाई धेरै सुरक्षित क्षेत्र मानिएता पनि फिल्मी शैलीमा अर्बौं रकम लुटिएको घटनाले विमानस्थलको सुरक्षामा प्रश्न खडा गरेको छ। 
प्रहरीका अनुसार लुटपाटमा कुनै प्रकारको हातहतियारको प्रयोग नभएको र गोली पनि चलेको थिएन ।

लुटेराहरु प्रहरी लेखिएको गाडीमा आएको बताइएको छ। विमानस्थलको सुरक्षाका लागि खटिएका अन्य सुरक्षाकर्मीहरुलाई हटाएर उनीहरुले पैसाले भरिएको कन्टेनर उठाउन सफल भएका थिए।

उक्त घटनापछि पनि विमानस्थलका गतिविधि सामान्य रुपमा नै सञ्चालन भइरहेका थिए । कतिपय विमानस्थलका कर्मचारीहरुलाई नै पैसाले भरिएको एक्त कन्टेनर लुटिएको पछि मात्रै थाहा पाएका थिए । 

 

प्रकाशित: २६ फाल्गुन २०७३ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App