coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'आमसभा र जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न आग्रह'

काठमाडौं- शान्तिपूर्ण तरिकाले आमसभा र जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सम्बन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ। ४ जनाको ज्यान जानेगरी भएको सप्तरी घटनामा प्रतिपक्ष दल एमालेको आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध पुर्‍याएको प्रसङ्ग उल्लेख गर्दै चुरे भावरले सो आग्रह गरेको हो।

उक्त घटनाको जिम्मेवारी आमसभा बिथोल्न आउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनुपर्ने पनि सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले बताएका छन्। 'शान्तिपूर्ण रुपमा कुनै पनि राजनीतिक दलले कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछौं,' अध्यक्ष न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, 'कुनै पनि दलको पूर्वघोषित कार्यक्रमलाई विथोल्ने गरी जुधाएर ल्याइएका संघर्षले लोकतन्त्र र गणतन्त्रलाई फाइदा हुँदैन, अतः शान्तिपूर्ण राजनीतिक कार्यक्रमहरुलाई नबिथोल्न र संयम भएर प्रस्तुत हुन सबैमा अपील गर्दछौँ।'

एमालेले घोषणा गरेको आमसभा बिथोल्ने क्रममा प्रहरी गोलीबाट ४ जना निर्दोषको ज्यान गएको थियो। चुरे भावरले उक्त घटनामा ज्यान गुमाएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

'शान्तिपूर्ण कार्यक्रमलाई विथोल्ने, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गर्ने, भाला लाठीजस्ता घरेलु हतियार प्रहार गर्ने र अराजकता, उदण्डताजस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण नै मानवीय क्षति हुन पुगेको हाम्रो पार्टीको ठहर छ,' विज्ञप्तिमा भनेका छन, 'त्यसबाट उत्पन्न परिस्थितिको सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्छ।'

तर, फेरि पनि शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने गएमा पार्टीलाई सह्य नहुने अध्यक्ष न्यौपानेले बताएका छन्। 'शान्तिपूर्ण कार्यक्रमलाई विथोल्ने गरी हिंसात्मक गतिविधी कसैले गर्छ भने पार्टीलाई मान्य छैन' प्रेस विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App