coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताल घट्न थाल्याे तर पहिराे राेकिएन

तमोर नदी थुनिएर बनेको तालको एक दृश्य । तस्बिरः नबिन सावादेनको फेसबुुकबाट ।

ताप्लेजुङ–तमोर नदी थुनिएर फुरुम्बु गाविसको मितलुङमा बनेको ताल क्रमश खुल्दै जान थाले पनि पहिरो झर्ने क्रम नरोकिँदा त्रास कायम रहेको छ। पानीले पुरिएको फुरुम्बुु गाविस– ९ मयामका दिलबहादुर र जीवन नुुगो लिम्बूको घरको पहिलो तलासम्म पानीको बहाव घटेपछि उद्धारका लागि पुगेको प्रहरी टोली ताल क्रमशः खुुल्दै गएको निश्कर्षमा पुुगेको हो।

‘सुरुमा नुुगो दाजुुभाइको घरको छाना मात्र देखिन्थ्यो’, घटना स्थलमा रहेको प्रहरी टोलीले दिएको जानकारी उधृत गर्दै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुुख इन्सपेक्टर शैलेन्द्रकुुमार यादवले भने, ‘अहिले तीनतले घरको पहिलो तलामा पानी आई पुुगेको छ।’ उनले नदी थुनिएर बनेको तालको आधाभागबाट पानी नदीमै बगि रहेको जानकारी दिए।

यादवका अनुसार पानी बगि रहेपनि भीरबाट पहिरो झर्ने क्रम जारी रहेकोले संकट टरी नसकेको जानकारी दिए। स्थानीय शिक्षक चन्द्र थिङ तमाङले अनुमानित सय मिटर लम्बाई र ७० मिटर गहिराईको ताल बनेको छ। यो तालमा पानीको मात्रा केही कम भएपनि पहिरो झर्ने क्रम जारी रहेकोले जोखिम कम भएको भन्न नसकिने तामाङले बताए।

प्रहरी टोलीले भने पहिरो अलिअलि मात्र झर्दै गएकोले त्यसलाई नदीको पानीले बगाउँदै लगेको बताएको छ सावा दिन गाविस पट्टिको खोला नजिकको नाक्ला भीर पल्टिएर तमोर नदी थुुनिएपछि बनेको तालले तमोर तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्। ताल एकै पटक खुलेमा तमोर नदीको तल्लो तटीय भागमा रहेका क्षेत्र नं २ का प्रमुुख दुुई व्यापारिक केन्द्र हान्द्रुुङ र दोभान बजार बगाउने संभावना भएकोले त्यहाँ रहेका बासिनदालाई पूुर्व सतर्क गराई सकिएको प्रहरीले जानकारी दिएको छ।

मितलुुङ, दोभान र हान्द्रुुङ निकै व्यस्त मानिएका व्यापारिक बस्ती हुन्। मितलुुङमा २१, दोभानमा ६० र हान्द्रुुङमा २५ घर घर रहेका छन् ।

 

प्रकाशित: २६ असार २०७३ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App