विवाह गरेको दुई सातापछि बोक्सीको आरोप लगाउँदै श्रीमतिलार्इ घर निकाला

बुधबार, २५ फागुन २०७३, १९ : २७ नागरिक

काठमाडौँ– फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छन् । 

गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला गरेको उनकाे अाराेप छ । भण्डारी सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । भण्डारीले बुधबार महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए।  

केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन्। “दुवै पक्षलाई राखी बुधबार वृत्त बौद्धमा छलफल गराइयो, छलफलमा दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको छ, दिनेश सेनामा कार्यरत भएकाले बोलाएका बेला हाजिर हुने सर्तमा छाडिएको छ,” उनले भने।  

मागी विवाह भएको दुई साता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घर निकाला गर्नुलाई गम्भीर रुपमा लिइएको अधिवक्ता प्रदीप थापाले बताए। रासस 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad