६ वैशाख २०८१ बिहीबार
समाज

वीरगन्जमा बन्दकर्ता र तरकारी ब्यवसायीबीच झडप

बुधवार बिहान वीरगन्जको मिना बजारमा बन्दकर्ता र ब्यवसायिविच झडपपछि सो ठाउँमा तैनाथ सूरक्षाकर्मी । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– मधेशी मोर्चाको अह्वानमा गरिएको २ दिने तराईमधेश बन्दको दोस्रो दिन बुधवार बन्दकर्ता मोर्चाका कार्यकर्ता र तरकारी व्यवसायीबीच वीरगन्जको मीना बजारमा झडप भएको छ। बिहानैदेखि घण्टाघरचोकमा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताहरु करिब ११ बजे मिनाबजार क्षेत्रमा पसलहरु बन्द गराउन पसेका थिए । तरकारी ब्यवसायिहरुले प्र्रतिबाद गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। 
‘तरकारी बजारमा एक छिन तनाव भएको थियो, केही बेरमा अवस्था समान्य बनेको थियो,’ पर्साका प्रहरी उपरीक्षक गोबिन्दकुमार साहले भने, ‘कसैलाई चोट पटक लागेको वा कुटपिटको कुनै सूचना हामी कहाँ छैन्, घटनापछि उक्त ठाउँमा सूरक्षाकर्मी बढाइएको छ।’ मोर्चाका स्थानीय नेताहरुले यसलाई कार्यकर्ताहरु बजार नखुलोस् भनेर जुलुस लिएर हिँडेको बेला भएको ‘समान्य घटना’ भएको बताएका छन्। 

‘केही बेर तनाव भएको हो, पछि हामीले मोर्चाको स्थानीय नेतृत्व तहबाट नै तरकारी बजारमा हस्तक्षेप नगर्न भनी कार्यकर्तालाई निर्देश दिएपछि अवस्था समान्य बनेको छ,’ संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘आन्दोलन शान्तिपूर्ण छ, भीडभाडमा कहिले काँही सानोतिनो घटना समान्य हो ।’ 

राष्ट्रिय मधेश समाजवादी पार्टी, पर्साका अध्यक्ष प्रेमबाबु पटेलमाथि हातपात भएको छ। 

‘मिना बजारमा खुलेको किराना पसल कार्यकर्ताहरुले बन्द गराए, म लगायतले बन्दलाई सहयोग गर्नुस् भनेर पसलेलाई आग्रह ग¥यौं, अवस्था एक छिन मै समान्य भयो,’ पटेलले घट्ना सुनाए, ‘केही बेरपछि फर्किने क्रममा हामी एकदुई जना मात्र साथमा रहेको बेला पछाडीबाट दगुरेर आएका एकहुल मानिसहरुले समात–समात भन्दै मलाई समात्न खोजे, उनीहरुले तानेको मेरो ट्रेकसुट च्यातिएको छ, घाँटीमा लगएको सिक्री हराएको  छ ।’ 

 

प्रकाशित: २५ फाल्गुन २०७३ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App