१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जो नेपालमा जन्मेर अन्तर्राष्ट्रिय ख्याती कमाए (भिडियो)

काठमाडौं– नेपालमा जन्मिएर अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने नेपालीको सूचि लामो छैन। त्यसमा पनि ग्ल्यामरकोको क्षेत्रमा त्यो सूचि अझ छोटो छ। बलिउडमा स्थापित मनीषा कोइरालादेखि नेपाली पहिरनलाई हलिउडमा देखाउन सक्रिय फेसन डिजाइनर प्रवल गुरुङसम्म सबैले नेपालीको प्रतिनिधित्व गर्छन्।

अन्तर्राष्ट्रिय एयरलाइन्स लुफ्थान्साको ‘द कलर्स् अफ होम’ नामक सर्ट फिल्ममा अभिनय गरेकी नेपाली ज्वेलरी डिजाइनर अर्पना रायमाझी न्यूर्योकमा फेसन उद्योगमा सक्रिय छिन्। 

अष्ट्रेलियन फिल्ममा सक्रिय अभिनेत्री डिचेन लाचम्यान काठमाडौंमा जन्मिएकी हुन्। अष्ट्रेलियन टेलिसिरियल ‘डल्स्हाउस’, ‘नेभस’, ‘हस्वेन्स्’, ‘सिएसआई: क्राइम सिन इन्भेटिगेसन’, ‘लास्ट रिसोर्ट’, ‘सिमलेस’, ‘द लास्ट सिप’, ‘सुपरगर्ल’ र ‘बिङ ह्युमन’लगायतमा अभिनय गरिसकेकी छन्। अष्ट्रेलियन बुबा र तिब्बती आमाकी छोरी अभिनेत्री डिचेन आठ वर्षको उमेरमा परिवारसहित अष्ट्रेलिया बसाइँ सरेकी थिइन्। अध्ययन क्रममा विश्वविद्यालयबाट निकालिएपछि उनले अभिनय करियर सुरु गरेकी थिइन्।  

बलिउडकी मनिषा कोइराला धेरै नेपालीका लागि रोल मोडल हून्। युनाइटेड नेसन पपुलेसन फन्डकी सद्भावना दूतसमेत रहेकी अभिनेत्री कोइराला नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी हुन्। ‘फेरि भेटौला’ नामक नेपाली फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री कोइरालाले बलिउडमा ‘सौदागर’, दिल से’, ‘मन’, ‘१९४२ः अ लभ स्टोरी’, ‘लज्जा’, ‘बम्बे’, ‘कम्पनी’ र ‘खामोसी’जस्ता हिट फिल्ममा अभिनय गरिन्। 

अहिले बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्मा हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अभिनेत्री अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। सात वर्षको उमेरमा बेलायत पुगेकी उनले ‘गेम अफ थ्रोन्स्’मा अभिनय गरेलगत्तै अस्कर मनोनित ‘आइ एम योर्स्’मा देखिएकी थिइन्। पाटन अस्पतालमा कार्यरत गाइनाक्लोजिस्ट डा.गणेश आचार्यकी छोरी अमृता नर्वेबाट हाई स्कुलको अध्ययन पूरा गरेकी थिइन्। लगत्तै अभिनय सिक्न उनी बेलायत पुगिन्। 

काठमाडौंमा जन्मिएकी २६ वर्षीया अभिनेत्री अमृताले ‘आइएम योर्स्’, ‘डेड शोः रेड भर्से डेड’, ‘गेम अफ थ्रोन्स्’लगायतमा काम गरेकी छन्। सन् १९८१ मा काठमाडौंमा जन्मिएकी अमेरिकन स्क्रिप्ट राइटर एवम् निर्मात्री नानी सारा वाकरले ‘अदर नेचर’, ‘कमिङ इन फ्रर्म द कोल्ड’ र ‘कल्ट्रेन एक्सप्रेस’ फिल्म निर्माण गरेकी छन्। 

‘अनफर्चुनेटेवल’, ‘टु एन्ड अ हाफ म्यान’ र ‘लिंगन हाइट्स’लगायत टेलिसिरियलमा अभिनय गरिसकेकी अमेरिकन अभिनेत्री दया वैद्य सन् १९८० मा काठमाडौंमा जन्मिएकी हुन्। दुई वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेकी उनले ‘अप्रिल फुल्स्’, ‘द हिट’, ‘ब्लु’,‘किल्न अप म्यान’ र ‘अलमोस्ट टु लेट’लगायत फिल्ममा काम गरेकी छन्। अन्तर्राष्ट्रिय एयरलाइन्स लुफ्थान्साको ‘द कलर्स् अफ होम’ नामक सर्ट फिल्ममा अभिनय गरेकी नेपाली ज्वेलरी डिजाइनर अर्पना रायमाझी न्यूर्योकमा फेसन उद्योगमा सक्रिय छिन्। 

न्यूर्योकमा नेपाली परम्परागत गर–गहनालाई फ्युजन गराएर अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिरहेकी अर्पना क्यान्सरबाट निधन भएकी नेपाली कलाकार सुशिला रायमाझीकी छोरी हुन्। 

 

प्रकाशित: २५ फाल्गुन २०७३ ०९:५७ बुधबार

जो नेपालमा जन्मेर अन्तर्राष्ट्रिय ख्याती कमाए भिडियो