८ वैशाख २०८१ शनिबार
अन्य

राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्गसँगै उनको नाम परेको हो।

एएफपीले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मेसँगै राष्ट्रपति भण्डारीको नाम समावेश गरेको छ।

एएफपीले बुधबार विश्वभरिका महिला सरकार तथा राज्य प्रमुखको ग्राफ सार्वजनिक गरेको हो। कोरियाली राष्ट्रपति पार्क ज्युन हाईविरुद्ध महाअभियोग प्रक्रिया सुरु भएकाले डिसेम्बर ९ देखि उनी जिम्मेवारीमा छैनन्। उनी पदमा बहाल रहेकी भए विश्वले १६ जना महिला राजनेता पाउने थियो।

विश्वभरि बुधबार महिला दिवस मनाइँदैछ। यो अवसर पारेर विभिन्न क्षेत्रका अग्रणि महिलाको सूचि सार्वजनिक भइरहेको सन्दर्भमा एएफपीले महिला राजनेताको नाम सार्वजनिक गरेको हो।

भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन्। उनलाई व्यवस्थापिका-संसदले निर्वाचित गरेको हो।

प्रकाशित: २५ फाल्गुन २०७३ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App