८ वैशाख २०८१ शनिबार
कला

हलिउड अभिनेता जेट ली नेपालमा

काठमाडौं- हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा व्यस्त छन्। गत बुधबार राजधानी आईपुगेका अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगँ भेटघाट गरिरहेको छन्। उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसँग भेटघाट गरेका थिए। करिब एक घण्टा शेरचन गुम्बामा बिताएका अभिनेता लीले  बौद्ध धर्मबारे कुराकानी गरेका थिए।

त्यस्तै विनाशकारी भूकम्पबाट प्रभावित बनेको विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्थुपामा पुगेर अभिनेता लीले पुनः निर्माणबारे जानकारी लिएका थिए। व्यत्तिगत घुमघाममा नेपाल आएका अभिनेता लीको भ्रमण गोप्य राखिएको छ।

नेपाल भ्रमण अन्तर्गत उनी सेतो गुम्बा र स्वयम्भू घुमघाम गरिरहेको फोटो सामाजिक संन्जालमा आएका छन् । सन् २००७ मा माल्दिप्समा आएको सुनामीमा घायल भएपछि उनले सुरू गरेको 'द वान फ़ाउन्डेसन' नामक च्यारिटी संस्थाले रेडक्रससँग सहकार्य गरेर प्रकोप व्यवस्थापनसम्बन्धी जनचेतनात्मक काम गरिरहेको छ । उनी अन्तराष्ट्रिय रेडक्रसका पहिलो सद्भावनादूत हुन्।

एक्सन र मार्सल आर्ट फिल्मबाट चर्चा कमाएका अभिनेता लीले 'द एक्स्पान्डेबल्स', 'मकं किंग', 'द फर्बिटन किंगडम', 'हिरो', 'रोमियो मस्ट डाई', 'फेयरलेस','किस अफ द ड्राईगन' र 'द वार्लड्स' लगायत फिल्ममा अभिनय गरिसकेका छन् ।

प्रकाशित: २५ फाल्गुन २०७३ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App