८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रहरी मुठभेडमा एक आतंककारीको मृत्यु

भारतको लखनउमा आतंककारी र प्रहरीबीच भिडन्त हुदाँ एक आतंककारीको मृत्यु भएको छ। मृतकको नाम भने खुलाइएको छैन। प्रहरीले मृतकलाई जीवित् रुपमा पक्रन सफल नहुने स्थिती भएपछि उनलाई इन्काउटर गरिएको बताएको छ।

उतरी प्रदेशमा आतंकवादी लुकेको ठाउँमा प्रहरीले छापा मार्दा दुई समुहबीच भिडन्त भएको र  त्यस क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। करिब आठ घण्टाको त्यहाँ तनावपूर्ण स्थिति रहेको थियो। त्यहाँबाट अरु तीन जना भने प्रहरीले नियन्त्रणमा लिएको छ। केही भने भागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

मृतकको साथबाट गोली ,बारुद तथा पेस्तोल जस्ता हातहतियार समेत बरामद गरिएको थियो। मंगलबार भारतको एक ट्रेनमा विष्फोटन समेत उक्त समूहले नै  गराएको प्रहरीले बताएको छ।

प्रकाशित: २५ फाल्गुन २०७३ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App