coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'एमाले शीर्ष नेतृत्वको हत्या प्रयास’ (भिडियो)

काठमाडौं— सप्तरी घटनाको विषयमा मंगलबार एमालेले पार्टीको धारणा सार्वजनिक गरेको छ। पार्टी धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावालले सप्तरीमा एमाले नेतृत्वको हिंसात्मक हत्या प्रयास भएको बताएका छन्।

'हामी सो स्थानमा जाँदा बमसमेत राख्ने कार्य भएको छ। त्यहाँ एमालेको नेतृत्व पंक्तिलाई समाप्त गर्ने दुरासाय थियो भन्ने प्रस्ट हुन्छ', रावलले भने।

एमालेमाथि सप्तरीमा हिंसात्मक प्रहार भएको उनले बताए।

‘प्रहरी भ्यानमा बम प्रहार गरियो। प्रहरी घेरा तोडेर मञ्चतर्फ आक्रमण भयो। गाउँगाउँमा सबैलाई भाला लठ्ठी लिएर आउन उर्दी जारी गरिएको थियो’, पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी सो स्थानमा जाँदा बमसमेत राख्ने कार्य भएको छ। त्यहाँ एमालेको नेतृत्व पंक्तिलाई समाप्त गर्ने दुरासाय थियो भन्ने प्रस्ट हुन्छ।’

एमाले सभा बिथोल्ने प्रयास गर्दा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको थियो। एमालेले गृहमन्त्रीको भूमिका शंकास्पद भनेको छ।

भिडियोः प्रबिन कोइराला

प्रकाशित: २४ फाल्गुन २०७३ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App