coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–भारत सैन्य अभ्यास भारतको पिथौरागढमा

काठमाडौं – नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास नेपाल–भारत संयुक्त अभ्यास एक्स सुर्यकिरण सोमबारदेखि  भारतको पिथौरागढमा सुरु भएको छ । विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयर जस्ता विषयहरु समेटिएको बिशेष अभ्यासको  ११ औं संस्करण भारतमा हुन लागेको हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुधिर के.सी.को नेतृत्वमा ३१४ जना र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको टोली अभ्यासमा समावेश भएको छ ।  

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको दशौं संस्करण नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डीमा सम्पन्न भएको थियो । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी अभ्यास सञ्चालन हुँदै आएको छ ।

निर्देशनालयका अनुसार संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् ।

अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पुर्याउन सहयोग पुग्ने निर्देशनालयले जनाएको छ ।

प्रकाशित: २४ फाल्गुन २०७३ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App