७ वैशाख २०८१ शुक्रबार
राजनीति

सप्तरी घटनालाई कारण देखाउँदै पाैडेल पक्षद्वारा फेरि केन्द्रीय समिति बैठक माग

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन रामचन्द्र पौडेल पक्षधर नेताहरुले पुनः माग गरेका छन्। नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल पक्षधर नेताहरुको बैठकले संविधानसभाबाट जारी भएको संविधान जोगाउन र सप्तरी घटनालाई नियन्त्रणमा लिएर मुलुकलाई निकास दिन पार्टी बैठक तत्काल बोलाउनु ठहर गरेको हो।

‘सप्तरीमा भयको घटनाले मुलुकको राजनीति झन् संकटतर्फ मोडिएको छ,’ छलफलमा सहभागि एक नेताले भने, ‘यस्तो अवस्थामा समेतकेन्द्रीय समिति बोलाउने छाँट नहुनु दुःखद विषय हो।’

सप्तरी घटनाले निर्वाचनको वातावरण धमिलीएको निष्कर्ष निकाल्दै मुलुकको गम्भीर परिस्थितिको समिक्षा र समाधानका लागि बैठक बोलाउनु पर्ने ठहर गरेको हो। पार्टी वरिष्ठ नेताले पत्रै लेखेर केन्द्रीय समिति बोलाउन सभापतिलाई आग्रह गर्दासमेत त्यसलाई व्यवास्था गरीएकोप्रति उनीहरुले असन्तुष्टि जनाए।

‘सप्तरीमा भयको घटनाले मुलुकको राजनीति झन् संकटतर्फ मोडिएको छ,’ छलफलमा सहभागि एक नेताले भने, ‘यस्तो अवस्थामा समेतकेन्द्रीय समिति बोलाउने छाँट नहुनु दुःखद विषय हो।’

मुलुकमा अतिवादी सोच हावी हुँदै गएको, पार्टी संस्थागत रुपमा चल्न नसकेको उनीहरुले दोहो¥याएका छन्। ‘कांग्रेस ठूलो दल भएकाले परिस्थिति थप जटील हुन नदिन समन्वयकारी भूमिका साथ अघि बढाउँदै संविधानको रक्षा र निर्वाचनको वातावरण बिथोलिन नदिन पार्टी बैठकमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘तत्काल सबै पक्षसँग छलफल गरी एउटा निचोडमा पुग्नुपर्छ ।’

उनीहरुले सप्तरी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
 
न्यायिक आयोग गठन गर्न माग
कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सप्तरी घटनाको छानविन गर्न न्यायीक आयोग गठन गर्न माग गरेका छन्। कांग्रेसका डेढ दर्जन सांसदहरुले मंगलबार विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन्।

‘गोली चलाउने प्रहरी प्रशासनलाई निलम्बन गर्न र न्यायिक छानविन समिति गठन गरी दोषी ठहरेका व्यक्तिमाथि कडा कारवाही गरियोस्,’ उनीहरुले भनेका छन्, ‘संकटको घडिमा सबै पक्षलाई संयम अपनाउन र जिम्मेवार हुन हार्दिक अपील गर्दछौं।’

आन्दोलनरत पक्षसँग अविलम्व वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न पनि उनीहरुले सरकारसँग माग गरेका छन्। संविधानले सबैलाई शान्तिपूर्ण सभा÷सम्मेलन गर्ने अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै सामाजिक सद्भावलाई खलल पार्ने अभिव्यक्ति दिन अनुमति भने नदिएको जनाएका छन्।

‘संविधान संशोधनको प्रकृया अवरुद्ध बनाएर एमालेले मेची–महाकाली अभियानको नाममा गरिएको कार्यक्रम समयसापेक्ष हो होइन भन्ने विचार पु¥याएर कार्यक्रम गरिनुको साटो एमालेका नेताहरुले उत्तेजीत भाषण गरेर तराई÷मधेसका जनताहरुलाई झनझन आक्रोशीत बनाउनु र आन्दोलन गर्न बाध्य बनाउनु पनि अनुचित कार्य भएको छ,’ उनीहरुले भनेका छन्।

एमाले नेताहरुको उत्तेजीत भाषणले सप्तरीमा गोलि चलेको आरोप लगाउँदै उनीहरुले घटनाप्रति दुख व्यक्त गरेका छन् । मधेसको समस्या राजनीतिक भएको जनाउँदै उनीहरुले भनेका छन्, ‘यसलाई राजनीतिक रुपमा नै समस्या समाधान खोजिनु पर्दछ।’

कांग्रेस सांसदहरु आनन्द प्रसाद ढुंगाना, प्रेमकिशोर साह, हरेराम प्रसाद महतो, महेन्द्र यादव, रामअयोध्या प्रसाद यादव, तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद चौधरी, राजेन्द्र बहादुर अमातय, सुनिल कुमार यादव, सुशीला चौधरी, अमृत अर्याल, दिनेश प्रसाद परसौला, रामचन्द्र यादव, प्रमिला देवी दास, मानबहादुर विक, मिनाक्षी झासहित १९ सांसद् छन्।

यसैबीच, उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा  गृहमन्त्री विमलेन्द्र निधिलाई भेटी घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए।
 

प्रकाशित: २४ फाल्गुन २०७३ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App