coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय गठवन्धनद्वारा सप्तरी घटनाको विरोधमा नेपाल बन्द घोषणा

काठमाडौं- सप्तरी घटनाको विरोधमा संघीय गठवन्धनले आगामी फागुन २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ। साथै फागुन २६ गते काठमाडौं सहित देश भरका सदरमुकाममा विरोध सभा गर्ने निर्णय गरेको छ। गठवन्धनले ७ दिन भित्र आफ्ना २६ र ११ बुँदे माग पुरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।  

यस अघि सोमबार साँझ बसेको मधेसी मोर्चाको बैठकले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई टेलिफोन गरेर समर्थन फिर्ता नलिन आग्रह गरेका थिए।

प्रधानमन्त्रीले केही दिन भित्रै माग पुरा गर्ने आश्वासन दिएकोले मंगलबार लिने भनेको समर्थन फिर्ताको लागि ७ दिनको समय दिइएको सद्‍भावना पार्टीका महासचिव मनिष सुमनले बताए। गठवन्थनले सप्तरी घटनाको दोषीलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ। गठवन्धनको मंगलबार बसेको बैठकले सप्तरी घटनाको निन्दा गरेको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App