अवैधानिक रुपमा विदेश लैजाने कार्य निरुत्साहन गर्न विशेष योजना ल्याइने

शनिबार, २५ असार २०७३, १७ : ३८ नागरिक

काठमाडौँ–  श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मर्यादित, व्यवस्थित तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सरकार प्रयत्नशील रहेको बताए।

व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ आज दिँदै उनले मुलुकभित्र रोजगारीको उपयुक्त अवसर नभएका कारण वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई निरन्तर कम गरिने उल्लेख गरे।

उहाँले घरेलु कामदारका रुपमा महिलालाई असुरक्षित रुपमा विभिन्न मुलुकमा जाने प्रवृत्ति जारी रहेकामा चिन्ता व्यक्त गर्दैै अवैधानिक रुपमा लैजाने कार्यलाई निरुत्साहन गर्नेतर्फ सरकारले विशेष योजना लागू गर्ने बताए।

अफगानिस्तानको काबुलमा आतङ्ककारी आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते नेपालीको उद्धारमा सरकारले विशेष पहल गरेको जानकारी गराए।

निःशुल्क टिकट र निःशुल्क प्रवेशाज्ञालाई व्यवस्थित रुपमा अगाडि बढाउनेतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले ठगी नियन्त्रणका लागि कडाभन्दा कडा प्रावधान सहितको नीति तथा कार्यक्रम बनाई सदनबाट नै पारित गरिने छ भने।

उनले अफगानिस्तान, इराक, सिरिया, लिबिया जस्ता द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने प्रक्रिया रोकिएको बताउँदै गलत धन्दा गर्ने वैदेशिक रोजगार संस्थालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।  “सीप, प्रशिक्षण तथा दक्ष कामदार पठाए मात्रै सुरक्षित र भरपर्दो वैदेशिक रोजगारी सम्भव छ”, उनले भने।

बाल श्रमको अन्त्यका लागि सरकारले पहल जारी राखेको जानकारी दिँदै उनले केही दिन पहिले भक्तपुरका इँटा भट्टामा बालश्रम मुक्त गरिएको उल्लेख गरे।

विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयमा विभिन्न दलका २७ सांसदले प्रश्न गरे। यस्तै रामहरि खतिवडा, पेम्बा लामा, कृष्णप्रसाद पौडेल, चूडामणि विक जङ्गली र निशाकुमारी साहले थप स्पष्टीकरण माग्नुभएको थियो। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad