७ वैशाख २०८१ शुक्रबार
समाज

तीन महिना देखि ईलाका प्रशासन कार्यालय कर्मचारी बिहिन

सुमन मल्ल

मुगु- ग्रामिण क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्न सजिलो होस भनेर गत भदौंमा स्थापना गरिएको ईलाका प्रशासन कार्यालय तीन महिना देखि कर्मचारी बिहिन हुन पुगेको छ।

जिल्लाको उत्तरी क्षेत्र सोरु भेगका सात गाविसलाई लक्ष्तित गरि सोरुकोटमा भदौमा स्थापना गरिएको ईलाका प्रशासन कार्यालयमा रहेका कर्मचारी पुस लाग्दा वितिकै हिडे पछि कार्यालय सुनसान बनेको हो। विक्रम सम्वत २०७३ साल भदौमा ईलाका कार्यालयको  सरकारका पर्यटन मन्त्री जीवन शाहीले उद्घाटन गर्न पुग्दा सोरु भेगका जनता अब आफ्नै गाउँमा सहज रुपले नागरिकता, सिफारिस लगायतका थुप्रै सरकारी सेवा प्राप्त हुने भन्दै खुसिले दंग परेका थिए।

'घरको आँगनमा नै नागरिकता पाईने भयो भनेर ठूलो हर्ष मानेका थियौं तर तीन महिना देखि नत कर्मचारी देखिन्छन् नत कार्यालय नै खुला हुन्छ जिमा गाविस वडा नम्बर ९ का स्थानीय रुपसिंह लोहारले दुखेसो गरे।

 ईलाका प्रशासन कार्यालय स्थापना हुँदा गाविस सचिवहरु गाउँमा नै बस्लान , सिफारिस लिन सदरमुकाम धाउन नपर्ला र गाउँमा नै सहज रुपमा नागरिकता लगायतका सेवा प्राप्त गर्ने आशा बोकेका भए पनि अहिले विद्यालयका शिक्षक, ईलाका प्रहरी चौकीका सुरक्षाकर्मी बाहेक सोरु भेगमा नत ईलाका प्रशासन कार्यालयका कर्मचारी छन् नत गाविस सचिवहरु नै। भदौमा स्थापना गरिएको ईलाका प्रशासन कार्यालयका लागि कार्यालय प्रमुख एक , सुब्बा दुई, सह लेखापाल १ र दुई जना कार्यालय सहयोगि गरेर पाँच जनाको दरबन्दि भए पनि अहिले ईलाका कर्मचारी बिहिन छ तर जिल्ला प्रशासन कार्यालयले कार्यालयमा दुई जना कार्यालय सहयोगि बसिरहेको जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीका अनुसार ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख पाल्पामा काज सरुवा, दुई जना सुब्बा मध्ये एक जना केही महिना पहिले कार्य क्षेत्रमा जाँदै गर्दा बाटोमा लडेर घाईते  भए पछि उपचार गराउन काठमाडौं गएका र उतै  काजमा बसेका छन। एक जना सुब्बा तथा  सह लेखापाल जिल्लामा नै काजमा बसेका छन।

प्रकाशित: २४ फाल्गुन २०७३ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App