coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सकाे राष्ट्रपतीय चुनावमा इमानुएल माकौंको सम्भावना बलियाे हुँदै

पेरिस– फ्रान्सका पूर्व राष्ट्रपति अलाँ जुपे आगामी हुने भनिएको एक महिना पछिको राष्ट्रपतिको चुनावमा उम्मेदवार नबन्ने बताएका छन्। राष्ट्रपतिमा उम्मेदवार फियौंले आफ्नी श्रीमतीलाई नभएको सरकारी जागिर दिई तलब खुवाएको भन्ने आरोपलाइै अस्वीकार गरेका छन्।

आगामी अप्रिल महिनामा हुने भनिएको चुनावमा उनले आफ्नो मत र समर्थकहरुलाई गुमाइ रहेका छन्। एक साता अगाडि मात्रै उनले आफ्नी श्रीमतीलाई सरकारी तलब खुवाएको भन्ने आरोप उनी माथि लागेका कारणले पनि उनको मत घट्न सक्ने भनी समीक्षा गरिएको छ।

उनको विकल्पका रुपमा भनिएको जुपेले भने उनको यो जिद्दीपनाको घोर निन्दा गरेका छन्। चुनावको क्रममा फियौं पहिलो चरणभन्दा माथि पुग्न नसक्ने तर जुपे भने दोस्रो चरणसम्म पुग्न सक्ने भनिएतापनि जुपेले आफू उम्मेदवार नबन्ने बताएका छन्। 

एक महिनाअघि देखि फियौंका बारेका हल्ला चलिरहेको छ। उनले वर्षौंदेखि नै आफ्नी श्रीमतीलाई संसदीय सहायकको तलब खुवाएको भन्ने आरोप उनी माथि लागेको छ। उनकी श्रीमतीले पनि आफूले त्यस्तो काम गरेको भनी स्वीकार गरेकी छिन तर फियौंले भने यसलाई स्वीकार गरेका छैनन् ।

उनलाई ठगी मुद्दामाथि अनुसन्धानका लागि आगामी हप्ता न्यायाधीशसमक्ष उपस्थित हुन भनिएको छ।

उनको उम्मेदवारीलाई हटाउनका लागि दबाब बढको छ । उनको लोकप्रियता घट्दै जानु र जुपेले उम्मेदवारी नदिनुका कारणले राष्ट्रपतिका अर्काे उम्मेदवार इमानुएल माकौंलाई पो अवसर दिइएको हो की भन्ने आँकलन गर्न सकिन्छ।
 

प्रकाशित: २४ फाल्गुन २०७३ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App