खोटाङ– खोटाङमा बजार हिँडेका पुरुष तीन दिनपछि मृत फेला परेका छन्। स्थानीय बजार हिँडेका काहुले–६ का अन्जादी ४० वर्षका महेश राई सोमबार मृत फेला परेका हुन् । काहुले–९ स्थित ठाँसी बजार हिँडेका राई काहुले–४ स्थित केवापा भन्ने ठाउँमा मृत फेला परेका हुन्। राईको शव बाटोभन्दा करिब ५० मिटर तल रहेको कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिन किशोर प्रधानले बताए।
गत शनिबार बजार हिँडेका राईको लडेर मृत्यु भएको अनुमान गरिएको छ । मृतको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पुर्याइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०७३ ०८:४९ मंगलबार