coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बन्दका कारण सर्लाहीको जनजीवन प्रभावित

सन्तोष सिंह

सर्लाही- मधेसी मोर्चाले आव्हान गरेको बन्दकाका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ। सदरमुकाम मलंगवा पूर्णरुपले ठप्प भएको छ । मलंगवाबाट छुट्ने सानो तथा लामो दुरीका यतायातका साधन सञ्चालन हुन सकेको छैनन्।

बन्दका कारण शैक्षिक संस्थाहरु बन्द भएका छन् । विद्यालय गएका बालवालिकाहरु घर फर्केका छन्। राजमार्ग क्षेत्रका केहि विद्यालयहरु सञ्चालनमा आएपनि राजमार्ग भन्दा दक्षिणका विद्यालयहरु बन्द छन्। बन्दकाकारण बरहथवा, इश्वरपुर बजार समेत बन्द भएको छ ।

बन्दका कारण काठमाडौबाट आएका रात्रिबसहरु हरिपुरमा रोकिएका छन् । काठमाडौबाट मलंगवाका लागि आएका यात्रुहरु हरिपुरमै अलपत्र परेका छन्।

बन्दका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गमा समेत सवारी साधन पातलिएको छ । यात्रुबाहक बस चल्न सकेको छैन । फाट फुट साना सावारी साधन चलेको छ ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App