coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैनः अमेरिका

काठमाडौं— एमाले सभा बिथोल्ने खोज्दा प्रहरी गोलीबाट सप्तरीमा भएको तीन जनाको मृत्युलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक बहसमा हिंसाले स्थान पाउनु नहुने बताएको छ।

'प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन', विज्ञप्तिमा भनिएको छ

'प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन', विज्ञप्तिमा भनिएको छ, 'हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ।'

अमेरिकाले सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह समेत गरेको छ।

नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्‍न पाउँदा उत्साही रहेको भन्दै अमेरिकाले नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App