coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले काठमाडौं बोलाए सप्तरीका सिडिओ र एसपी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्। एमाले आमसभा अवरोध गर्ने क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको अवस्थाबारे जानकारी लिन उनीहरुलाई बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

'घटनाको वास्तविकता बुझ्न प्रधानमन्त्रीले सप्तरीका सिडिओ र एसपीलाई बोलाउनु भएको हो', दाहाल निकट स्रोतले भन्यो, 'उहाँहरुलाई सरुवा गरिएको भने होइन।'

'घटनाको वास्तविकता बुझ्न प्रधानमन्त्रीले सप्तरीका सिडिओ र एसपीलाई बोलाउनु भएको हो', दाहाल निकट स्रोतले भन्यो, 'उहाँहरुलाई सरुवा गरिएको भने होइन।'

एमालेको सभा बिथोल्ने प्रयासमा रहेका मधेसी मोर्चा कार्यकर्ताले सुरक्षाकर्मीलाई घेराहाली पेट्रोल बम फालेपछि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। प्रधानमन्त्रीले गोली चलाउन आदेश नदिएको दाबी गर्दै आएका छन्। गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरीले फायर खोल्दा मानवीय क्षति हुन पुगेको उनको आरोप छ।

गृह मन्त्रालयले सोमबार मध्यरातमा जारी गरेको विज्ञप्तिमा लाठी भाटा सहितका मोर्चा कार्यकर्ताले सुरक्षाकर्मीलाई घेराहालेर पेट्रोल बम प्रहार गरेपछि फायर खोलेको जनाइएको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App