coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेता पक्राउ परेको घटना पार्टीले छानविन गर्ने

जनकपुर–अघिल्लो शनिबार जनकपुरको रजौलस्थित जनता उच्च माविमा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामवरण पासमानसँग विवाद हुँदा माओवादी नेता पक्राउ परेको घटना पार्टीले छानबिन गर्ने भएको छ।

पासमानलाई संघीय समाजवादी फोरम, नेपालका स्थानीय नेता रामसुखित यादव लगायतको समूहले हातपात गरेपछि झगडा सुरु भएको थियो। यादव सहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डलसहितको अर्को समूह आएर सुरक्षाकर्मीलाई नै हातपात गर्न थालेपछि उनीहरु समेतलाई पक्राउ गरी सार्वजनिक अपराध सम्बन्धी मुद्दामा कारवाही गरिएको थियो।

पासमानलाई हातपात गर्ने यादवलगायतलाई नियन्त्रणमा लिएको विरोधमा मण्डलले प्रहरी हवल्दारलाई हातपात गर्दै आफ्नो कुरो नबुझे गोली हानिदिने धम्की दिएको प्रहरी आरोप छ। सोही अभियोगमा प्रहरीले मण्डल समेत स्थानीय आठ जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाएको थियो। तर, गृहमन्त्रालयको कडा दबावपछि घटनाको दुई दिनमै जिल्ला प्रशासन कार्यालयमा जनही तीन हजारको दरले धरौटी राखेर रिहा गरिएको थियो।

राजधानीमा बसेको पार्टीको दुई नम्बर प्रदेशको सचिवालय बैठकले तीन सदस्यीय टोली गठन गरी उक्त घटनाको छानबीन गर्ने निर्णय गरेको छ । टोलीमा पार्टी केन्द्रीय सदस्य जगतप्रसाद यादव, अनिल श्रेष्ठ र राजु खड्का छन् । उनीहरुले घटनाको सत्यतथ्य अनुसन्धान गरी पार्टीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएका छन् ।

बैठकले सचिवालयको पूर्ण बैठक अगामी साउन १ र २ गते जनकपुरमा बस्ने निर्णय पनि गरेको छ। उक्त बैठक सम्पन्न भएपछि तीन गतेबाट जिल्ला–जिल्लामा एकता भेला तथा प्रशिक्षण कार्यक्रम चलाउने निर्णय भएको २ नं. प्रदेश इन्चार्ज मातृका यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २५ असार २०७३ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App