coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड

मोर्चा कार्यकर्ताले अाक्रमण गरेको आयोगको गाडी। तस्विरः जितेन्द्र

राजविराज—राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ। मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो।

‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।

आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन्।

सोमबार राजविराजमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो। घटनाको वास्तविकता बुझ्न आयोग मंगलबार राजविराज आएको हो। ‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।

गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास भएको छ। उनीहरुको अवस्था सामान्य छ।
 

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App