coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुदूर पश्चिमाञ्चल र एपिएफ फाइनलमा

इटहरी- सुदूर पश्चिमाञ्चल र एपिएफ टोली इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा सोमबार सुदूर पश्चिमाञ्चलले पश्चिमाञ्चल ७ विकटले तथा एपिएफले पूर्वाञ्चललाई ७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चल १९.२ ओभरमा सबै विकेट गुमाएर ८९ रन जोडेको थियो। पश्चिमाञ्चलका लागि सरस्वती पुनले १२ र वर्षा रानाले २७ रन बनाए। सुदूर पश्चिमाञ्चलका कविता जोशीले ३ विकेट लिँदा रेखा रावलले २ विकेट लिइन्।

९० रनको लक्ष्य सुदूर पश्चिमाञ्चलले  १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। प्लेयर अफ दी म्याच समेत रहेकी रेखा रावलले ३६ र कविता जोशीले १५ रन बनाए। पश्चिमाञ्चलकी कृति सेन र एलिसा केसीले १/१ विकेट लिए।

सोमबारै दोस्रो खेलमा एपिएफले पूर्वाञ्चललाई ७ रनले पराजित गर्‍यो। टस हारेर ब्याटिङका लागि निम्त्याइएको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो। एपिएफका लागि करुणा भण्डारीले २२ रन बनाउनु बाहेक अरू कसैले दोहोरो अंक बनाउन सकेनन्। पूर्वाञ्चलका सरस्वती चौधरी र सवनम राईले समान ३/३ विकेट लिए भने रुविना क्षत्रीको नाममा २ विकेट रह्यो।

६७ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले १९.२ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र जोड्न सक्यो। पूर्वाञ्चलका रोमा थापाले १८ र काजोल श्रेष्ठले १४ बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। एपिएफका लागि सीता रानामगरले ३ र रितु कनोजियाले २ विकेट  लिए। खेलको प्लेयर अफ दी म्याच एपिएफकी करुणा भण्डारी भइन्।  फाइनल फागुन २५ गते बुधबार हुनेछ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App