७ वैशाख २०८१ शुक्रबार
राजनीति

सप्तरी घटनाबारे एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं— सप्तरीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको विषयलाई लिएर एमालेले आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ। सोमबार एमाले सभा बिथोल्ने प्रयास गर्दा पेट्रोल बम सुरक्षाकर्मीमाथि हानेपछि प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको थियो।

स्थानीय चुनाबलाई ध्यानमा राखेर मेची-महाकाली अभियान सञ्चालन गरिरहेको एमालेले घटनापछि आफ्नो अभियान तीन दिनलाई स्थगित गरिसकेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार तीन बजे हुने पत्रकार सम्मेलनबाट पार्टीको धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजालले जनाएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App