coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेसी मोर्चाले भन्यो : एमाले दोषी

काठमाडौं- सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरी घटना एमालेका कारण भएको निष्कर्ष निकालेको छ। सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको भनिए पनि मोर्चाको विज्ञप्तिमा सो उल्लेख छैन।

मोर्चाले मंगलबार सभामुखलाई पत्र लेखेर समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराउने निर्णय गरेको मोर्चाका नेता केशव झाले बताए। यस्तै मोर्चाले २४ र २५ गते मधेस बन्दको घोषणा गरेको छ।

सोमबार साँझ तीनकुने स्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको बैठकले सप्तरी घटनामा ४ जनाको मृत्यु  भएको उल्लेख छ।

सप्तरीमा झडप हुँदा प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७३ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App