८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेको मेची- महाकाली अभियान तीन दिन स्थगित

सप्तरी- नेकपा एमालेले मेची- महाकाली अभियानका सबै कार्यक्रम तीन दिनका लागि स्थगित गरेको छ। सप्तरी घटना पछि आकस्मिक बसेको एमाले स्थायी समिति बैठकले तीन दिनका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

परिस्थिति सहज बनाउन सरकारले गरेको आग्रह र कार्यक्रम विथोल्नलाई विभिन्न पक्षबाट भैरहेको षडयन्त्रको सूचनाका आधारमा कार्यक्रम स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

एमालले सप्तरी घटना दु:खद भएको बताएको छ। अभियान अन्तर्गत जनकपुर, धनगढी, सिराहा लगायतका जिल्लामा कार्यक्रम तय भएको थियो।

सप्तरीमा आयोजित कार्यक्रममा प्रहरीसँग झडप हुँदा एक जना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७३ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App