७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकल ठक्करले वृद्धाको मृत्यु

कोहलपुर– मोटरसाइकल ठक्करबाट नेपालगन्ज १ विशालनगरचोक नजिकै एक वृद्धाको मृत्यु भएको छ।

सोमबार विहान ११ बजे विशालनगर चोक नजिकै भे४प ७४४२ नम्बरको मोटरसाईकले ठक्कर दिँदा हुम्ला पिप्लाङ घर भई नेपालगन्ज बस्दै आएकी ७७ बर्षीय जयसरा शाहीको मृत्यु भएको हो ।

मोटरसाइकलबाट ठक्कर दिई घाइते शाहीको थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दियो। मोटरसाइकल चालक नेपालगन्ज धम्बोजीका विनय भण्डारीलाई प्रहरीले नियन्त्रणमा दिई अनुसन्धान सुरु गरेको छ।  

 

प्रकाशित: २३ फाल्गुन २०७३ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App