८ वैशाख २०८१ शनिबार
समाज

सर्लाहीमा महिलाको विभत्स हत्या

सन्तोष सिंह

सर्लाही- सर्लाहीको सहोडवा–१ मा एक महिलाको विभत्स हत्या गरीएको छ। नहर छेउमा ढुंगाले टाउ फुटाएर निर्ममता पुर्वक हत्या गरिएको इलका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताए।

पहिचान हुन नसकेकी ४०/४२ वर्षीया महिलाको हत्या गरी घाटीमा साडी बेरेर झुण्डीएको अवस्थामा महिलाको सव सोमबार फेला परेको प्रहरी निरीक्षक कुर्मीले बताए।

मधेसी मुलकी महिलालाई सहोडवामा हत्या गरि फालिएको अवस्थामा सव फेला परेको प्रहरी उपरीक्षक उतमराज सुवेदिले बताए। महिलाको विभत्स हत्या पछि अनुसन्धानका लागि क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइएको घटना स्थल पुगेका प्रहरी उपरीक्षक सुवेदीले बताए।

 

 

 

प्रकाशित: २३ फाल्गुन २०७३ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App