कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारी अन्त्यः प्रधानमन्त्री

सोमबार, २३ फागुन २०७३, १२ : ५१ नागरिक

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् ।  

प्रधानमन्त्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सम्मान गर्न साेमबार बिहान बालुवाटार पुगेको राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजको प्रतिनिधिमण्डलसँग उनले कृषि क्षेत्रको महत्वलाई भुल्न नहुने बताएका हुन् ।  

कृषि क्षेत्र देशको मेरुदण्ड भए पनि राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।  

सो अवसरमा कृषक समाजले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरेको थियो । 

कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरेले प्रधानमन्त्रीको कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको तथा सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको बताए।  

समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बीमा कार्यक्रमलाई किसानको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानको प्रतिनिधित्व गराउन माग गरेको समाजका केन्द्रीय सदस्य लेखनाथ अर्यालले जानकारी दिए।  

समाजले चितवनमा धुलो दूध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न र कृषिसँग सम्बन्धित ढुवानीका साधनमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad