coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङ नै नेपाली बजारमा पहिलो रोजाइ

काठमाडौं– विश्व बजारमा जस्तै नेपाली बजारमा पनि उपभोक्ता आकर्षित गर्न विभिन्न मोबाइल कम्पनीबीच तीब्र प्रतिस्पर्धा चलेको छ । आफ्ना उत्पादनप्रति उपभोक्ताको ध्यान तान्न मोबाइल कम्पनीले नयाँ–नयाँ विशेषतासहित बजारमा मोबाइल सार्वजनिक गर्ने गरेका छन् । यस हिसाबले नेपाली बजार पनि मोबाइल हबको रुपमा विकास हुँदै गइरहेको पाइन्छ । 

विश्वसनिय ब्रान्ड र नयाँ प्रविधिसँगै उपभोक्ताको रुचिका आधारमा विगत डेढ दशकदेखि नेपाली बजारमा रहेको सामसङ पनि उत्तिकै चर्चा र धेरैको रोजाइमा पर्ने ब्रान्ड बनेको छ । विश्व बजारमा नै चर्चामा रहेको सामसङ नेपाली बजारमा पनि उत्तिकै चर्चाकै विषय रहँदै आएको छ । नेपाली बजारमा सामसङ मोबाइल सन् २००० मा भित्रिएएको थियो । सामसङ मोबाइल नेपालका डेपुटी जेनरल म्यानेजर प्रनय रत्न स्थापितले भने, ‘नेपालमा सामसङ मोबाइलको बजार गुणात्मक रुपमा विस्तारपछि सन् २०१४ मा कोरिया अफिसले शाखा विस्तार गरेको हो ।’  

मोबाइल प्रयोगकर्ताको विश्वास र ब्रान्डको गुणस्तरका कारण नेपाली बजारमा सामसङ लोकप्रिय मात्रै नभएर सबैको रोजाइमा पर्ने गरेको डेपुटी जेनरल म्यानेजर स्थापितको भनाइ छ । उनले भने, ‘सामसङ विश्व बजारकै एक ब्रान्डेड फोन हो, मोबाइल बजारमा आफूलाई सदाबहार राख्नका लागि सामसङको दीर्घकालीन योजना र प्रभावकारी विश्वसनियता भएकै कारण विश्वमा नै नम्बर वान ब्रान्ड बन्न सफल भएको हो ।’ 

उपभोक्तालाई फिक्स मूल्य दिएर उनीहरुको मन जित्न सक्नु कम्पनीको सफलता भएको महाप्रबन्धक स्थापितको भनाइ छ । सामसङले सामान्य वर्गदेखि उच्च ओहोदाका उपभोक्ताको आवश्यकता र महŒवलाई ख्याल गर्दै विभिन्न मोडलमा सामसङका मोबाइल सार्वजनिक गरेकाले नेपाली बजारमा पनि सफल भएको उनको दाबी छ । नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सामसङकै मोबाइल प्रयोगकर्ता रहेको उनको दाबी छ । नेपालमा सामसङको आधिकारिक बिक्रेता आइएमएस र हिल इलेक्ट्रोनिक कम्पनी रहेका छन् ।

सामसङ नै किन ?

सामसङले प्रयोगकर्ताको चाहनालाई ध्यानमा राखी सेल्फ राइट, यस बाइक मोड, यस पावर प्लानिङ, अल्ट्रा डेटा सेभिङ र नपाल स्पेसिफिक एप्लिकेसनकै कारण नेपालमा सामसङका प्रयोगकर्ता धेरै भएको हो । 

नेपाल टेलिकमले फोरजी सेवा दिएसँगै सामसङले पनि ११ हजार तीन सय ९० मा जे वान, २०१६ मा फोरजी सेवा प्रयोग गर्नका लागि सस्तो मूल्यमा मोबाइल राखेका छौं । उपभोक्ताको रुचि र चाहना नै हाम्रो कम्पनीको पहिलो विशेषता हो । यही विशेषताकै कारण हामी सफल छौं । फिक्स मूल्य भएका कारण पनि धेरैको रोजाइमा सामसङ पर्ने गरेको छ । 

नेपालमा सामसङको फिचर फोन (पुरानो मोडल), स्मार्ट फोन र ट्याब्लेट स्क्रिन फोन बजारमा रहेका छन् । सामसङको सामान्यतया दुई हजारदेखि माथिको मोबाइल बजारमा खरिद गर्न सकिन्छ । कम्पनीले अहिले डाटा प्रमोसन फोन बिक्रीमा ‘अफर’ समेत ल्याएको छ । जसमा मोबाइल किन्दा एउटा सिरियल नम्बर पाइन्छ । यसमा भएको नम्बर एसएमएसबाट लक्की ड्र हुँदै चारवटा अफरमध्ये एउटा पाउन सकिन्छ । अफरमा किनेको मोबाइल फ्री, किनेको फोनको ५० प्रतिशत छुट, एक हजारको टक टाइम फ्री र एक सय रुपैयाँको टक टाइम जस्ता उपहार रहेका छन् । 

ललितपुरको लाविम मलमा सोरुम

नयाँ प्रविधिसँगै मोबाइलको विषयमा बुझ्न र उपभोक्ताको चाहनालाई पूरा गर्नका लागि ललितपुरको लाविम मलको विशाल बजारमा सामसङ सोरुम खोल्ने क्रममा रहेको डेपुटी जेनरल म्यानेजर स्थापितले बताए । सोरुममा उपभोक्ताले सामसङको विषयमा विस्तृत जानकारी, भिआर अनुभव, स्क्रिन मोबाइल चलाउन पाउनेछन् । 

सामसङको ग्यालेक्सी सी ९ प्रो 

सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रोलाई नेपाली बजारमा ल्याएसँगै प्रयोगकर्ताको चासो बढेको छ । उक्त स्मार्टफोनलाई  सामसङले ‘फिचर पावरहाउस’ को रुपमा लिएको छ । फोनमा ६ जिबी र्याम, १६ मेगा पिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चको डिस्प्ले राखिएको कम्पनीले जनाएको छ । फोनमा ६४ जिबी अक्टाकोर प्रोसेसर, ६ जिबी र्याम, ४ हजार मिली एम्पियरको ब्याट्री, ६४ जिबी आन्तरिक तथा २५६ जिबी थप्न सकिने स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

फोन टप अफ द लाइन फिचरले ग्राहकलाई उत्कृष्ट मल्टिमिडिया र क्लियर पिक्चरका दृष्य लिन सकिने कम्पनीको दाबी छ । ग्यालेक्सी सी ९ प्रो ब्ल्याक र गोल्ड गरी दुइटा रङमा देशभरका सम्पूर्ण रिटेल च्यानलमा सन् २०१७ मार्चको पहिलो सातादेखि किन्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App