८ वैशाख २०८१ शनिबार
समाज

टाउकोमा धारिलो हतियार प्रहार गर्ने दुई पक्राउ

कपिलबस्तु– धारिलो हतियार प्रहार गरी कुटपिट गरेको आरोपमा शिवराज नगरपालिका–१२ रुद्रपुर बस्ने सतार मिया जलिल गद्धी र राम सेवक यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। 

उनीहरुले सोही स्थान बस्ने ५० वर्षका बुधराम अहिरलाई पूर्व रिसईबी र झगडाका कारण टाउकोमा धारिलो हतियार प्रहार गरी कुटपिटसमेत गरी गम्भीर घाइते बनाएका थिए। 

कुटपिटबाट घाइते भएका अहिरलाई उपचारार्थ सञ्जिवनी अस्पताल चन्द्रौटा लगिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App