१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाै जना चढेको हेलिकोप्टर दुर्घटना, तीन मृत्यु

टोकियो– जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीनको मृत्यु भएको छ।

स्थानीय समय अनुसार आइतबार दिउँसो तीन बजेर १० मिनेटमा प्रहरीले दुर्घटनाग्रस्त उक्त हेलिकप्टर फेला पारेको जनाएको छ। हेलिकोप्टरमा सवार रहेका अन्य चार व्यक्तिको पनि खोजी कार्य जारी राखेको प्रहरीले बताएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

नौ प्राविधिक कर्मचारी सवार उक्त हेलिकोप्टर दुर्घटनामा तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको बताइएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीनको मृत्यु भएको र अन्य दुई भने अचेत अवस्थामा रहेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउँसो तीन बजेर १० मिनेटमा प्रहरीले दुर्घटनाग्रस्त उक्त हेलिकप्टर फेला पारेको जनाएको छ। हेलिकोप्टरमा सवार रहेका अन्य चार व्यक्तिको पनि खोजी कार्य जारी राखेको प्रहरीले बताएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

स्थानीय सरकारको स्वामित्वमा रहेको उक्त हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको र उद्धारकार्यमा कठिनाई भएको स्थानीय समाचारदाताहरुले जनाएका छन् । 

एक चालक, सात अग्नीनियन्त्रक र एक मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी चढेको दुर्घटनाग्रस्त उक्त सानो हेलिकप्टर र यस सम्बन्धी समाचारको विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको छ ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App