मेलम्चीले भत्काएका सडक वर्षात्अघि नै कालोपत्रे

सोमबार, २३ फागुन २०७३, ०९ : १६ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं— मेलम्ची खानेपानी वितरणका लागि भत्काइएका सडक वर्षाअघि नै कालोपत्रे गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्रीले असारभित्रै पाइपलाइन विस्तारका क्रममा खनिएका सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

खानेपानी वितरणका लागि भत्काइएका ५७ सडक निर्देशनालयले कालोपत्रे गर्ने उनले बताए  । लैनचौरदेखि पानीपोखरीसम्मको १.५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । त्यस्तै, बालाजुदेखि बाइपाससम्मको १.१ किमि सडक कालोपत्रे सकिसकेको उनले जानकारी दिए ।

‘भत्काइएका सडक पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेका छौं,’ खत्रीले  भने, ‘असारभित्रै भत्किएका सडक बनाइसक्नेछौं ।’ निर्देशनालयले पाइपलाइन विस्तार भइसकेको सडकमा कालोपत्रे गर्न सब बेस, सब ग्रेड तयार गरिरहेको जनाएको छ ।

‘भत्किएका सडकले सर्वसाधारणलाई धेरै सास्ती पाइरहेको महसुस गरेका छौं,’ उनले भने, ‘त्यसैले अहिले रातको समयमा धमाधम कालोपत्रे गरिरहेका छौं ।’

बहुप्रतीक्षित मेलम्ची सरकारले आगामी असोजभित्रै काठमाडौं उपत्यकामा ल्याउने तयारी गरिरहेको छ । दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ । सरसफाइ तथा खानेपानी मन्त्रालयले असार मसान्तभित्रै पाइपलाइन बिछ्याइएका सडकको पुनर्निर्माण गर्न सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपलिका र अन्य ठेकेदार कम्पनीलाई जिम्मा दिइसकेको छ ।

उपत्यकाका ५७ सडकको कालोपत्रे गर्न सडक विभागलाई ८५ करोड रुपैयाँ छुट्ट्याइएको छ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक अयोध्याप्रसाद श्रेष्ठले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समयमै पाइपलाइन विस्तार नगर्दा सडक कालोपत्रे गर्न ढिलाइ भइरहेको बताए । ‘भत्काइएको सडकमा पाइपलाइन नबिछ्याएसम्म कालोपत्रे गर्न मिलेन,’ उनले भने, ‘पाइपलाइन बिछ्याएको सडकमा कालोपत्रे गर्न केही समस्या छैन । अझै पर्याप्त मात्रामा पाइपलाइन बिछ्याएको सडक नै पाएका छैनौं । त्यसैले काम गर्न असहज भएको हो ।’

खानेपानी वितरणका लागि भत्काइएका ५७ सडक निर्देशनालयले कालोपत्रे गर्ने उनले बताए  । लैनचौरदेखि पानीपोखरीसम्मको १.५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ । त्यस्तै, बालाजुदेखि बाइपाससम्मको १.१ किमि सडक कालोपत्रे सकिसकेको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाका ३८ हजार तीन सय ४२ घरधुरीमा धारा जडान गरिसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आगामी असारसम्म  उपत्यकाका ८६ हजार घरधुरीमा खानेपानी धारा जडान गर्ने लक्ष्य राखिएको छ । खानेपानी वितरण प्रणाली सञ्जालअन्तर्गत ६ सय ७० किमिअन्तर्गत पाँच सय ५० किमि सडकमा पाइपलाइन बिछ्याइएको छ । पानीपोखरी निर्माण कार्यमध्ये ८० प्रतिशत सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।

चक्रपथभित्रका महाराजगन्ज, सामाखुसी, स्वयम्भू क्षेत्र र चक्रपथबाहिरका जोरपाटी, तीनचुलो, बौद्ध, आरुबारी, सरस्वतीनगर, कपन, सुकेधारा गल्फुटार लगायत क्षेत्रमा खानेपानी पाइपलाइन तथा वितरण प्रणाली तयारी गरिएको छैन । चक्रपथभित्रका केही ठाउँमा मेलम्ची वितरणका लागि तत्कालै नयाँ सञ्जाल नबन्ने भएको छ । बजेट अभावमा पाइपलाइन बिछ्याउन समस्या भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । नयाँ वितरण प्रणाली नबनेका क्षेत्रमा पुरानै वितरण प्रणालीमार्फत् घरघरमा खानेपानी पु¥याउने लक्ष्य राखेको निर्देशनालय प्रवक्ता लीलाप्रसाद ढकालले बताए । ‘नयाँ वितरण प्रणाली नभएका क्षेत्रमा पुरानै प्रणालीबाट वितरण गर्नेछौं,’ उनले भने, ‘छिटो नयाँ सञ्जाल विस्तार गर्ने योजनामा छौं ।’

 





यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad