७ वैशाख २०८१ शुक्रबार
समाज

सिसायुक्त खेलाैनाले काठमाडौंका बालबालिकाको स्मरणशक्ति घट्दो

ललितपुर— तपाईं आफ्ना बालबालिकालाई  टल्कने, रंगीन र आकर्षक खेलौना किन्दै हुनुहुन्छ भने होसियार ! किनकि त्यसमा विषाक्त सिसा (लिड) प्रयोग हुन्छ । जसले बालबालिकामा बोधोपन बढाएको र बौद्धिक क्षमतामा गम्भीर असर पारेको एक अनुसन्धानले देखाएको छ।

विश्व स्वास्थ्य संगठनले  हालै गरेको अनुसन्धानले पनि सिसाजन्य विषाक्तधातुकै कारण विश्वभरि एक लाख ४३ हजार मानिसको ज्यान गइसकेको र ६ लाख बच्चामा बोधोपन ल्याएको देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०१६ मा उपत्यकामातीनदेखि ३६ महिनासम्मका तीन सय ५० बालबालिकामा अध्ययन गरेको थियो। सिसायुक्त खेलकुद सामग्री प्रयोगले १० प्रतिशत बालबालिकाको स्मरणशक्ति क्रमश घट्दै गएको सो अनुसन्धानले देखाएको हो।

आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्कीले खेलौनामा अत्यधिक सिसा प्रयोग भएकै कारण समस्या निम्त्याउँदै गएको बताए । ‘खेलकुदका सामग्रीलाई सजाउने र आकर्षक बनाउने बहानामा व्यवसायीले अत्यन्तै बढी सिसाजन्य विषाक्तधातुको प्रयोग गर्छन्,’ उनले भने, यसले कलिला बालबच्चाको दिमागलाई बोधो बनाएको छ ।’

विश्व स्वास्थ्य संगठनले  हालै गरेको अनुसन्धानले पनि सिसाजन्य विषाक्तधातुकै कारण विश्वभरि एक लाख ४३ हजार मानिसको ज्यान गइसकेको र ६ लाख बच्चामा बोधोपन ल्याएको देखाएको छ ।

त्यस्तै, खानेकुरा, हावापानी, माटोमा सबैतिर विषाक्त सिसा मिसिएकाले यसबाट सचेत रहनुपर्ने नेपाल वातावरण पत्रकार समूह अध्यक्ष अर्जुन ढकालले बताए । ‘गाउँका भन्दा सहरका बच्चामा विषाक्त सिसाले ठूलो असर पारेको छ,’ उनले भने,‘विषाक्त सिसाका कारण बच्चाहरुझिजो मान्ने, रुने, खानेकुरा नखाने गर्छन् भने वयस्कमा हातखुट्टा झमझमाउने, जिउ गल्ने, स्मरणशक्ति घट्दै जाने, प्रजनन क्षमतामा कमी, उच्च रक्तचापलगायत लक्षण देखा पर्छन् ।’

पाँच माइक्रोग्रामभन्दा कम सिसाले स्वास्थ्यमा खासै असर नगर्ने र पाँच माइक्रोग्रामभन्दा माथिको सिसाले अत्यन्तै असर गर्ने ढकालले बताए । ‘संसारमा सिसा प्रयोग नभएको कुनै पनि मुलुकै छैन,’ उनले भने, ‘तर पाँच माइक्रोग्राम भन्दामाथि सिसा प्रयोग भएको सामग्री तथा वस्तुले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ ।’

इनामेल पेन्टमा सिसा

हामीले घर सिँगार्न तथा चम्काउन प्रयोग गर्नेइनामेल पेन्टमा मानव  स्वास्थ्यलाई असर पार्ने सिसाको बढी प्रयोग हुन थालेको छ । अधिकांशलाई आफूले प्रयोग गर्ने पेन्टमा विषाक्त सिसाको प्रयोग हुन्छ भन्ने थाहा हुँदैन ।

बजारमा सिसामुक्त पेन्ट पाउन नसकिने तर कम सिसा प्रयोग भएको पेन्ट भने पाउन सकिनेसदस्यसचिव कार्कीले बताए । ‘पेन्टको तौल बढाउन र रंगीचंगी बनाउन व्यवसायी यस्तो धातुको प्रयोग गर्छन्,’ उनले भने ।

सिसायुक्त धातुको प्रयोगले उच्चरक्तचाप हुने, मुटु दुख्ने, किड्नीमा समस्या र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने गरेको परिषद्को अनुसन्धान प्रतिवेदनले देखाएको छ ।

नेपालमा अहिले ७० प्रकारका पेन्ट पाइन्छ । ती पेन्टले सरकारले तोकेभन्दा बढी सिसाको प्रयोग गरेकोचिकित्सक कियोर गौतमले बताए । ‘पेन्ट्समा ढुसी, नलागोस् र धेरै समय टिकोस् भन्नका लागि व्यवसायीले सिसाको बढी प्रयोग गरेका छन्, यसबाट सचेत हुन लोगो हेरेर मात्र पेन्ट्स किन्नुपर्ने हुन्छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनले पनि सिसालाई विश्वव्यापी रुपमा जनस्वास्थ्यमा असर पु¥याउने प्रमुख १० रसायनमध्ये एकको रुपमा पहिचान गरिसकेको विज्ञ बताउँछन् ।

केहो सिसा?

सिसा (सिसा) एक दीर्घकालीन एवं शरीरमा सञ्चित हुने खालको विष हो ।जसले शरीरको स्नायुप्रणाली, रक्तकोषिका, श्वासप्रश्वास प्रणाली लगायतमा असर गर्छ । धेरै समय सिसाको सम्पर्कमा आउनाले शरीरमा तुरुन्तै प्रतिकूल असर पर्छ । साथै, दीर्घकालमा यसले क्यान्सर, ट्युमर, मस्तिष्कघात जस्ता रोग पनि निम्त्याउन सक्छ भनेदिमाग बोधो बनाउँछ ।

सिसाले सामान्यतः सबै उमेरका मानिसलाई असर गरेपनि  बालबालिका र सिसाका कामदारलाई बढी गर्छ । यसले बच्चाको मानसिक, शारीरिक तथा बौद्धिक विकासमा असर पु¥याउँछ । विश्वभरि हरेक वर्ष एक करोड ६८ लाख मानिसलाई यसले आक्रमण गरेको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक छ ।

६ महिनाअघि जनसंख्या तथा वातावरण केन्द्रले तीन सय २० बालबालिकामा गरेको अध्ययनमा १५ प्रतिशत बालबालिकामा यसको असर भेटिएको थियो । सिसा प्राकृतिक माटोमा पनि पाइन्छ ।

नेपालमा अहिले ३० प्रतिशत मानिसमा सिसाकै कारण रक्तचाप बढ्ने गरेको जनसंख्या तथा वातावरण केन्द्रका अध्यक्ष रामचरित्र शाहले बताए । ‘घर तथा विद्यालय रंगाउँदा नेपाल सरकारले तोकेअनुसार सिसा भएको रङमात्र प्रयोग गर्नुपर्छ,’ उनले भने ।

त्यस्तै, शिक्षा मन्त्रालयले पनि विद्यालय रंगाउनसरकारले तोकेअनुसार सिसा भएको रङ प्रयोग गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

सरकारले पेन्ट व्यवसायीलाई पनि रङमा मापदण्डअनुसारको सिसा प्रयोग गर्न निर्देशन दिएको छ ।

हालै जनसंख्या तथा वातावरण केन्द्रले काठमाडौं उपत्यकाका घर, विद्यालय र अस्पतालमा अनुसन्धान गरेको थियो । करिब ३८ प्रतिशत सर्वसाधारणको घर र ८० प्रतिशत विद्यालयको कक्षाकोठाको धुलोमा अत्यधिकसिसा भेटिएको थियो ।

परिषद्को रिपोर्टमा सबैभन्दा बढी जोखिम पहेंलो रङमा देखिएको छ । स्कुलका बस पहेंलो हुने र यसलाई कम गर्नुपर्ने चिकित्सकले बताएका छन् । अहिले काठमाडौं उपत्यकाको धुलोमा विषाक्त सिसाका कण बढी भएकाले यसबाट बच्नुपर्ने चिकित्सकले सुझाएका छन् ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App