७ वैशाख २०८१ शुक्रबार
समाज

चार किलो सुन कहाँ पुग्यो? पक्राउ परेनन् सुनचोर

सुनचाँदी चोर पत्ता लगाउन दबाब दिन चितवनका सुनचाँदी व्यवसायी संघले एक साताअघि गरेको प्रदर्शन। तस्विरः नागरिकन्युज

चितवन— नारायणगढ बजारको केन्द्रमा रहेको सुनचाँदी पसलबाट करिब चार किलो सुन, १० किलो चाँदी र सात लाख रुपैयाँ नगद हराएको एक महिना पुग्दा पनि प्रहरीले चोर समात्न सकेको छैन । चोर समात्न दबाब दिन चितवनका सुन चाँदी व्यवसायीले जिल्लाका प्रहरी प्रशासनसमक्ष मागपत्र बुझाउनुका साथै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत गुहार लगाएका छन्।

माघ २० गते साँझ बन्द गरेको नारायणगढ सहिदचोकस्थित आधुनिक सुनचाँदी पसल २१ गते बिहान खोलेर हेर्दा झन्डै चार किलो सुन, १० किलो चाँदी र साढे सात लाख रुपैयाँ हराएको भेटिएको पसलधनीले बताएका छन् । घटना रहस्यमय भएको बताएर अनुसन्धान सुरु गरेको चितवन प्रहरीले चोर त समात्न सकेको छैन नै, घटनाबारे आफ्नो धारणा पनि सार्वजनिक गरेको छैन ।

माघ २० गते साँझ बन्द गरेको नारायणगढ सहिदचोकस्थित आधुनिक सुनचाँदी पसल २१ गते बिहान खोलेर हेर्दा झन्डै चार किलो सुन, १० किलो चाँदी र साढे सात लाख रुपैयाँ हराएको भेटिएको पसलधनीले बताएका छन् । घटना रहस्यमय भएको बताएर अनुसन्धान सुरु गरेको चितवन प्रहरीले चोर त समात्न सकेको छैन नै, घटनाबारे आफ्नो धारणा पनि सार्वजनिक गरेको छैन ।

सुन जोख्ने इलेक्ट्रिक तराजु पनि पसलबाट गायब छ। पसलमा १२ वटा सीसी क्यामेरा पनि छन् तर सीसी क्यामेराले खिचेको दृश्य रेकर्ड भएर बस्ने उपकरण डीबीआर बक्स पनि गायब छ । चोर भारत पुगेको अनुमान गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । चितवन प्रहरीले अनुसन्धान जारी रहेकाले तत्कालै सबै कुरा सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको छ । ‘हराएको सुन, चाँदी र नगद फेला नपार्दासम्म अनुसन्धान चल्दै गरेको विषयमा यही नै भएको हो भनेर बोलिहाल्नुभएन । हामी यो घटनाको विषयमा तत्कालै नयाँ कुरा सार्वजनिक गर्दैछौं’, चितवन जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक दीपक श्रेष्ठले भने ।

उनले घटनाको अनुसन्धानका लागि प्रहरी भारतसमेत पुगेको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान गर्न चितवन जिल्ला प्रहरी कार्यालयले उनैको नेतृत्वमा टोली गठन गरेको छ । सत्यतथ्य खोज्न १८ जना प्रहरीले काम गरी रहेको उनले बताए । यसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रतिनिधि पनि छन् ।

पसल सञ्चालक विकास बर्मा पनि भारततर्फ नै गएका कारण प्रहरीले चाँडै नै नयाँ तथ्य सार्वजनिक गर्ने व्यवसायी बताउँछन् । ‘आजआज भोलिभोलि भन्दाभन्दै महिना दिन बित्यो । अब केही हुन्छ कि भन्ने आशा पलाएको छ’, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष जीवनज्योति सदाशंकरले भने ।

सुनचाँदीको स्वरुप परिवर्तन गर्न सजिलो हुने भएका कारण चाडो पक्राउ नगरे हराएका समान फेला गर्न गाह्रो हुने शाखाका निवर्तमान अध्यक्ष विपिन सामुदामुले बताए । उनको नेतृत्वमा एक टोलीले आइतबार प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय पुगेर घटनाको छानबिन तदारुकताका साथ गर्न माग गरेको छ । चितवनका सुनचाँदी व्यवसायीले हैटौंडामा रहेको मध्यक्षेत्र प्रहरी कार्यालय पुगेर कार्यालयका प्रमुख डिआइजी पशुपति उपाध्यायलाई पनि यो विषयमा सहयोग गर्न अपिल गरेका थिए ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App