८ वैशाख २०८१ शनिबार
राजनीति

जसकाेमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छः नेता थापा

बागलुङ– नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले संविधानको कार्यान्वयन, पुनःनिर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।

माओवादी केन्द्र बागलुङले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमति नबन्ने अवस्थामा आफ्नो पार्टी सरकारमा रहिरहनाको औचित्य नहुने पनि बताए।

उहाँले नेकपा (एमाले)सँग भएको नौबुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै माओवादीको नेतृत्वमै सहमतिको सरकार बनाउने अडानमा आफूहरु नरहेको बरु जसको नेतृत्वमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छ भने।

काँग्रेस सहितको सहभागितामा बन्ने सहमतिको संयुक्त सरकारले आन्दोलनरत दलका माग संबोधन, संविधान संशोधन, संविधानको कार्यान्वयन, पुनःनिर्माण जस्ता कार्यलाई अघि बढाउने विश्वास उनले व्यक्त गरे। रासस

 

प्रकाशित: २५ असार २०७३ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App