४ वैशाख २०८१ मंगलबार
राजनीति

एमाले अभियान बिथोल्ने निर्णय छैन : मोर्चा

काठमाडौं– मधेसी मोर्चाले एमालेको मेची–महाकाली अभियान बिथोल्ने निर्णय नभएको प्रस्ट पारेको छ। एमालेले संविधान कार्यान्वयन र राष्ट्रिय एकताका लागि भन्दै शनिबारदेखि १५ दिने मेची–महाकाली यात्रा सुरू गरेको छ।

तराईका कतिपय जिल्लाहरुमा मोर्चा आबद्ध दलले एमालेलाई निषेध गर्न बन्द आह्वान गरेका छन्। पार्टी विशेषलाई तराई प्रवेश गर्न नदिने नीति गैरराजनीतिक र युद्धकालीन माओवादीको जस्तो भएको भन्दै आलोचना भइरहेको छ।

मोर्चाका नेताहरूले पनि एमाले अभियान बिथोल्न तराई–मधेसमा आफ्ना  कार्यकर्तालाई कुनै निर्देशन नदिएको बताएका छन्। सद्भावना पार्टी अध्यक्ष्य राजेन्द्र महतोले एमालेको अभियान बिथोल्ने निर्णय मोर्चाले नगरेको बताए। ‘एमालेको अभिायनबारे हामीले कुनै निर्णय गरेका छैनौं,’ महतोले आइतबार नागरिकन्युजसँग भने।

तराईका कतिपय जिल्लाहरुमा मोर्चा आबद्ध दलले एमालेलाई निषेध गर्न बन्द आह्वान गरेका छन्। पार्टी विशेषलाई तराई प्रवेश गर्न नदिने नीति गैरराजनीतिक र युद्धकालीन माओवादीको जस्तो भएको भन्दै आलोचना भइरहेको छ।

यसैगरी नेपाल सद्भावना पार्टी अध्यक्ष्य अनील झाले पनि एमाले अभियानबारे मोर्चाले कुनै निर्णय नगरेको बताए। अभियानबारे मोर्चाले आफ्ना कार्यकर्तालाई कुनै किसिमको सर्कुलर नगरेको जानकारी दिँदै उनले भने, ‘हामीले केही भनेका छैनौं। जनताले जे उपयुक्त ठान्छन्, त्यही गर्छन्। हामीले भन्ने कुरा हुँदैन,’ झाले भने।

एमाले अभियानले मधेसमा द्वन्द्व सिर्जना गरेको आरोप मधेसी दलका नेताहरूले लगाएका छन्।  सद्भावना पार्टी अध्यक्ष महतोले भने, ‘एमालेले द्वन्द्व निम्त्याउन मधेसमा अभिायन सुरु गरेको हो । एमालेले विखण्डन चाहेको छ।’

राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाले एमालेको अभियानमा मोर्चाले चासो नराखेको बताए। ‘एमाले अभियानबारे हामीले चासो राखेका छैनौं। यो एमालेको कार्यक्रम हो, उसको चासोको विषय हो,’ झाले भने। राजनीतिक विश्लेषकहरू भने स्वतन्त्रपूर्वक शान्तिपूर्ण सभा, सम्मलेन तथा जुलुस गर्नु राजनीतिक दलको अधिकार भएको भन्दै एउटा दलको कार्यक्रमलाई अर्को दलले अवरोध गर्ने परम्परा बसे यसले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँछन्।

यसैगरी राष्ट्रिय मानवअधिकार आयोगले एमालेको कार्यक्रम नबिथोल्न मोर्चालाई आग्रह गरेको छ।
 

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App