coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

जनकपुर– जनकपुर–ढल्केवर सडक खण्डस्थित नक्टाझिजमा शनिबार यात्रुबाहक बसमा मोटरसाइकल ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको ना ३ ख १७७२ नम्बरको बस र ढल्केवरतर्फ जाँदै गरेको स ५ प १९७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका –६ का ३५ वर्षीय सन्तोष मण्डल र मोटरसाइकलको पछाडि बस्ने धनुषाधाम, सिसमपुरका ५० वर्षीय जंगला मण्डलको मृत्यु भएको हो।

 

प्रकाशित: २५ असार २०७३ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App